+

जापानीज इन्सेफलाइटिसको संक्रमण बढ्दै, जोखिम कति ?

२०८१ भदौ  २१ गते १२:३९ २०८१ भदौ २१ गते १२:३९
जापानीज इन्सेफलाइटिसको संक्रमण बढ्दै, जोखिम कति ?

डेंगु संक्रमण फैलिरहेको बेला जापानीज इन्सेफलाइटिसको संक्रमणले पनि ठूलो चुनौती थपेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार देशभर २८ जनामा जापानीज इन्सेफलाइटिसको संक्रमण देखिसकेको छ । जसमध्ये तीन जनाको मृत्यु समेत भइसकेको छ ।

विश्वभर प्रत्येक वर्ष ५० हजार भन्दा बढी जापानीज इन्सेफलाइटिसबाट संक्रमित हुने तथ्याङ्कले देखाउँछ । जसमध्ये १० देखि १५ हजार संक्रमितको ज्यान समेत जाने गरेको छ ।

संक्रमणबाट संक्रमित लगभग ७० प्रतिशत मानिसमा स्नायु सम्बन्धी समस्या विकास गर्ने जोखिममा हुन सक्छन् । तथ्याङ्कमा आएको भन्दा बढी यसको वास्तविक संख्या दोब्बर हुनसक्ने अनुमान विज्ञहरुको छ । नेपालमा त यो रोगले बेलाबेलामा महामारीकै रुप लिने गरेको छ ।

उक्त रोगको डरलाग्दो पक्ष हो- लक्षण देखिएपछि निको नहुन सक्छ र निको भएपनि बिरामी शारीरिक र मानिसिक रुपले अशक्त हुनसक्छ ।

के हो जापानीज इन्सेफलाइटिस ?

जापानीज इन्सेफलाइटिस भन्ने भाइरसबाट मानिसमा लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो । जुन सुँगुर जस्ता जनावरलाई टोकेको लामखुट्टेले मानिसमा सार्छ ।

कुनकुन क्षेत्रमा संक्रमण फैलियो ?

गत महिनादेखि अहिलेसम्म कोशी प्रदेशमा ५, मधेश  प्रदेशमा ७, बाग्मतीमा ४, गण्डकीमा १, लुम्बिनीमा १ र सुदूरपश्चिम प्रदेशमा ६ जनामा इन्सेफलाइटिस संक्रमण पुष्टि भइसकेको छ । जसमा सुदूरपश्चिमको कैलालीका तीन जनाको मृत्यु भएको छ ।

मनसुनको समयमा सबैभन्दा जोखिम

वर्षायाममा संक्रामक रोगहरु बढी देखिन्छन् ।  यो समय बढी जीवाणुहरु आर्द्रताले सक्रिय हुन्छन् । बाढी र निरन्तर वर्षाका कारण सरसफाइमा कमी हुन्छ ।

पानीको बहाव बढेपछि ढल निकास हुन पाउँदैनन् । ठाउँठाउँमा फोहोर पानीको आहाल बन्छ । जसले लामखुट्टेलाई बढाउँछ । संक्रमण भएको जनावरलाई टोकेको लामखुट्टेले मानिसमा सार्ने जोखिम हुन्छ ।

यसले कसरी असर पार्छ ?

सुँगुर र चराहरुमा जापानीज इन्सेफलाइटिसका भाइरस हुन्छन् । ती जनावरलाई टोकेको क्युलेक्स नाम गरेको लामखुट्टेले मानिसलाई टोकेपछि संक्रमण गराउँछ । यो भाइरसले मुख्यतया मस्तिष्कलाई असर पार्छ । मस्तिष्कलाई असर गरेपछि ज्वरो आउने, घाँटी बस्ने, टाउको दुख्ने, जीउ काम्ने र छारेरोग लागेको जस्तो लक्षण देखापर्ने हुन्छ । गम्भीर रुपमा असर पारेमा कोमा (बेहोस अवस्था) मा पुर्‍याउन सक्ने हुन्छ ।

उपचार

जापानीज इन्सेफलाइटिसको निश्चित कुनै उपचार छैन । यसको लक्षण अनुसारको उपचार गरिन्छ । जस्तै- ज्वरो आएमा त्यसको उपचार, कम्पन छुटिरहेको भए सम्बन्धित उपचार, टाउको दुखिरहेको भए त्यसलाई कम गर्ने उपचार हुन्छ ।

यस्तोमा शरीरको प्रतिरोधात्मक क्षमता बलियो हुनेहरुमा लाक्षणिक उपचारपछि बिस्तारै ठीक हुन्छन् । तर जसको प्रतिरोधात्मक क्षमता कम छ । एचआईभी संक्रमित, मधुमेह जस्ता रोग र प्रतिरक्षा प्रणालीलाई हमला गर्ने रोग भएकाहरुमा भने आईसीयुदेखि भेन्टिलेसनमै जाने सम्भावना हुन्छ । प्रतिरोध क्षमताले लड्न सक्ने र समयमै उपचार पाइएन भने ज्यानै जाने जोखिम समेत रहन्छ ।

जापानी इन्सेफलाइटिस विरुद्ध खोप यसको मुख्य उपचार

यो भाइरस विरुद्ध लड्ने एउटै बलियो संयन्त्र हो, जापानी इन्सेफलाइटिस विरुद्धको खोप । त्यसैले यसको संक्रमण हुन नदिन शिशुलाई जन्मिएको १२ महिनामा अनिवार्य खोप लगाउने गरिन्छ ।

जापानी इन्सेफलाइटिसबाट कसरी बच्ने ?

जापानीज इन्सेफलाइटिस लामखुट्टेको टोकाइबाट सर्ने रोग भएकाले लामखुट्टेको टोकाइबाट बच्ने उपाय अपनाएर यो रोगको जोखिम कम गर्न सकिने चिकित्सकहरु बताउँछन् ।

यसका लागि खोपहरू पनि उपलब्ध छन्, जसले संक्रमणको जोखिम कम गर्न वा संक्रमण भएमा गम्भीर रोगको जोखिमबाट जोगाउन मद्दत गर्न सक्छ ।

यस बाहेक लामो बाहुलाको सर्ट र प्यान्ट लगाउने, घर वरपर सरसफाइ गरी लामखुट्टेको प्रजनन् वृद्धि रोक्नुपर्छ ।

जापानीज इन्सेफलाइटिस डा. अनाम प्याकुरेल संक्रामक रोग स्वास्थ्य समस्या
डा. अनाम प्याकुरेल
लेखक
डा. अनाम प्याकुरेल
जनरल प्राक्टिसनर

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : २३९६४ अध्ययन : एमबीबीएस हाल काठमाडौं नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा कार्यरत, बुवाकेयरका अध्यक्ष

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?