+

आयशा शाक्य ललितपुर क्विन्सको गुडविल एम्बेसडर

२०८१ भदौ  २१ गते १३:२९ २०८१ भदौ २१ गते १३:२९
आयशा शाक्य ललितपुर क्विन्सको गुडविल एम्बेसडर

२१ भदौं, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) को दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल)मा ललितपुर क्विन्सको गुडविल एम्बेसडर नियुक्त भएकी छिन् ।

‘ललितपुर क्विन्ससँग आबद्ध हुन पाउँदा म असाध्यै खुसी छु । ललितपुरमा जन्मेर हुर्किँदै गर्दा यस उपत्यकासँग मेरो गहिरो आत्मीयता छ र आज ललितपुर क्विन्ससँग जोडिनु मेरो लागि सौभाग्य र गौरवको क्षण हो’, आयशाले भनिन्, ‘नेपालमा भलिबल लोकप्रिय खेल हो र यसमा जोडिन पाउँदा म निकै उत्साहित छु । साथै वात्सल्य एभरेस्ट महिला भलिबल लिगको लागि ललितपुर क्विन्सलाई मेरो शुभकामना व्यक्त गर्दछु र उपाधि ललितपुरमा भित्रिनेछ भन्ने मलाई विश्वास छ।’

आयशालाई टोलीमा स्वागत गर्न पाउँदा खुसी लागेको ललितपुर जनाएको छ । ‘आयशा खेलकुदमा आफ्नो करिअर बनाउने लक्ष्य लिएर अघि बढ्दै गरेका महिला लागि प्रेरणाको श्रोत हो । हामी विश्वस्त छौं कि उनको उपस्थितिले हाम्रा खेलाडीहरूलाई प्रेरित गर्नेछ र उहाँहरूको हौसला ठप उच्च हुनेछ’, ‘ललितपुरले भनेको छ।

ललितपुरकी आयशाले सागमा तेक्वान्दोकी सफल खेलाडी मध्ये एक हुन्। एसियाली खेलकुदमा कास्य पदक जितेकी आयशाले सागमा समग्रमा ३ स्वर्ण र २ रजत पदक जितेकी‌छिन्।

इन्फिनिटी ड्रिम्स प्रा लिले आयोजना गर्ने इडब्लुभिएलमा असोज १४ देखि असोज १९ गते हुनेछ। राष्ट्रिय भलिबल टोलीकी लिबेरो सलिना श्रेष्ठ कप्तान रहेको टोलीको प्रशिक्षकमा उत्सव खड्का छन् ।

ललितपुर क्विन्स : सलिना श्रेष्ठ (कप्तान), पुनम चन्द , कामना विष्ट , साफिया पुन, निशा चौधरी, अनुषा चौधरी, नेहा चौधरी र भावना तामाङ ।

आयशा शाक्य ललितपुर किंग्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय