+
+

बकैयाको डाँडामा सडक ट्रयाक खोलियो, एक वर्षमा ५० किलोमिटर कालोपत्र

रासस रासस
२०८१ भदौ २१ गते १३:३३
फाइल फोटो ।

२१ भदौ, मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका–१२ स्थित डाँडामा सडक ट्रयाक खोलिएको छ । वर्षौँदेखि बाटोघाटोको समस्या भोग्दै आएका स्थानीयवासीको सुविधाका लागि सहरी विकास तथा भवन कार्यालय मकवानपुरले एक किलोमिटर नयाँ ट्रयाक खोलेको हो ।

जितपुर–फेदी सडक सञ्चालनका लागि ट्रयाक खोलिएको कार्यालय प्रमुख इञ्जिनियर भूमिनन्द ढकालले जानकारी दिए । नयाँ ट्रयाक खोलिएसँगै सो क्षेत्रवासीलाई सदरमुकाम हेटौँडालगायत बजार आवतजावत गर्न सहज भएको छ ।

‘डाँडामा बस्ती छ, तर बाटोघाटो नहुँदा हामी असाध्यै समस्यामा थियौँ’, बकैया गाउँपालिका–१२ का नीरज घलानले भने, ‘अब बाटोका लागि ट्रयाक खोलिएपछि आवतजावत गर्न सहज भएको छ ।’ यस सडकलाई हेटौँडासम्म जोडिदियो भने सधैँका लागि समस्या समाधान हुने उनको भनाइ छ ।

सो कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा मकवानपुर र चितवनका ५० किलोमिटर सडक कालोपत्र गरेको छ । सो कार्यालयका अनुसार आव २०८०/८१ मा मकवानपुरमा २८ किलोमिटर र चितवनका २२ किलोमिटरमा कालोपत्र गरिएको हो ।

ती दुवै जिल्लाका २५ वटा सडकमा कालोपत्र गरिएको कार्यालय प्रमुख ढकालले जानकारी दिए । उनका अनुसार सो आवमा मकवानपुर र चितवनमा निर्माणाधीन चारवटा कल्भर्टको निर्माण सम्पन्न भएको छ ।

पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले आर्थिक वर्ष ०८०/८१ मा चितवनको माडी र रत्ननगरमा दुईवटा पार्कसमेत निर्माण गरिएको प्रमुख ढकालले बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?