
काठमाडौं । नेपाली हिन्दू महिलाहरुले शुक्रबार हरितालिका तीज पर्व मनाउँदैछन् । रातो सारीमा सजिएर भगवान शिवको पूजाआजा गर्दै व्रत बस्नु, नाचगानमा रमाउनु यो पर्वको विशेषता हो ।
नेपाली सेलिब्रेटी पनि तीजमा रमाइरहेका छन् । सामाजिक सञ्जालमा उनीहरुले रातो सारीमा सजिएर प्रशंसकलाई तीजको शुभकामना दिइरहेका छन् । केकी अधिकारी, स्वस्तिमा खड्का, नीता ढुंगाना, नम्रता सापकोटा, अनु शाह, इन्दिरा जोशी लगायतले आफूलाई सारीमा सजाएर सौन्दर्य पस्किएका छन् ।
‘तीजको रहर आयो बरि लै । रहर हो कि लहर ?’ आकर्षक फोटो सेयर गर्दै केकीले लेखेकी छिन् । स्वस्तिमाले तीजको धेरैधेरै शुभकामना भन्दै प्रशंसकलाई शुभकामना दिएकी छन् ।
तस्वीर : सामाजिक सञ्जाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4