+

श्रीलंका डेभलपमेन्टलाई नेपालले दियो १६० रनको लक्ष्य

२०८१ भदौ  २१ गते १३:४९ २०८१ भदौ २१ गते १३:४९
श्रीलंका डेभलपमेन्टलाई नेपालले दियो १६० रनको लक्ष्य

२१ भदौं, काठमाडौं । नेपालले तेस्रो अभ्यास खेलमा श्रीलंका डेभलपमेन्टलाई १६० रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४० ओभरमा १५९ रनमा अल आउट भयो । नेपालका कुशल भुर्तेलले ५० बलमा सर्वाधिक ४३ रन बनाए । कुशल मल्लले ५५ बलमा ३५ रन बनाए । आरिफ शेख २०, कार्यवहाक कप्तान सोमपाल कामी २, गुलशन झा ५ रनमा आउट भए ।

यसैगरी आसिफ शेख डक, अनिल साह ३, सन्दीप जोरा ६ रनमा आउट भए ।

श्रीलंका डेभलपमेन्टका लागि गरुका सन्खेतले चार विकेट लिए ।

नेपाल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय