+
+

७ वर्षपछि रक ब्याण्ड ‘लिंकिन पार्क’को जबर्जस्त पुनरागमन

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २१ गते १३:५०

काठमाडौं । प्रंशसकलाई चक्मा दिंदै विश्वचर्चित अमेरिकी रक ब्याण्ड लिंकिन पार्कले सात वर्षपछि नयाँ लाइनअपसहित जबर्जस्त पुनरागमन गरेको छ । एमिली आर्मस्ट्रङ र कोलिन ब्रिटन क्रमशः सहभोकलिस्ट र ड्रमर-सहनिर्माताको रूपमा सामेल भएका छन् ।

पुनरागमनसँगै ब्याण्डले विश्व टुरको घोषणा गरेको छ । त्यसअघि नोभेम्बर १५ मा ब्याण्डको नयाँ एल्बम ‘फ्रम जिरो’ रिलिज तयारीमा छ । टुरअन्तर्गत चार महादेशका ६ स्थानमा ब्याण्डले कन्सर्ट गर्नेछ । टुर अर्को सातादेखि सुरु हुनेछ ।

सन् २०२५ मा विश्वव्यापी टुर गर्ने ब्याण्डको तयारी छ । ब्याण्डले बिहीबार राति अमेरिकाको लस एन्जलसस्थित वार्नर लटबाट लाइभ स्ट्रिम गरिएको प्रस्तुतिसहित ब्याण्डबारे नयाँ अपडेट दिएको हो ।

जसअनुसार सेप्टेम्बर ११ मा लस एन्जलस, सेप्टेम्बर १६ मा न्युयोर्क, सेप्टेम्बर २२ मा जर्मनीको ह्यामबर्ग, सेप्टेम्बर २४ मा लण्डन, सेप्टेम्बर २८ मा सियोल र नोभेम्बर ११ मा कोलम्बियाको बोगोटामा कन्सर्ट तय छन् ।

सन् २०१७ मा ब्याण्डका लिड भोकलिस्ट चेस्टर बेनिंगटनको मृत्युपछि पहिलोपटक ब्याण्डले प्रस्तुति दिन लागेको हो । चेस्टरको स्थानमा एमिली नयाँ भोकलिस्टको रुपमा प्रवेश गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?