+

थ्री एक्स थ्री बास्केटबल शनिबार र आइतबार हुने

२०८१ भदौ  २१ गते १४:०३ २०८१ भदौ २१ गते १४:०३
थ्री एक्स थ्री बास्केटबल शनिबार र आइतबार हुने

२१ भदौ, काठमाडौं । श्री ‘थ्री एक्स थ्री’ यू२३ बास्केटबल प्रतियोगिता हुने भएको छ ।

श्री एअरलाईन्सको आयोजनामा हुने प्रतियोगिताको व्यवस्थापन नेपाली राष्ट्रिय महिला बास्केटबल टिमले गर्नेछ ।

दुई दिने प्रतियोगितामा यु-२३ महिला र पुरुष तथा कर्पोरेटतर्फ प्रतिस्पर्धा हुनेछ ।

यू२३ पुरुषमा १४ र महिलामा ८ टिमले सहभागि हुनेछन् । कर्पोरेटतर्फ भने हरेक टिमले एक महिला खेलाडी अनिवार्य राख्नुपर्ने आयोजकले जनाएको छ । कर्पोरेटमा ९ टिमको सहभागिता हुनेछ ।

थ्री एक्स थ्री बास्केटबलमा एक टिममा चार खेलाडी हुनेछन् भने यो हाफ कोर्टमा खेलाइनेछ । प्रतियोगिताको खेल तालिका शुक्रबार सार्वजनिक हुने आयोजकले जनाएको छ ।

खेल त्रिपुरेश्वरस्थित सेमि कभर्डहलमा हुनेछ ।

थ्री एक्स थ्री थ्री एक्स थ्री यू२३ बास्केटबल प्रतियोगिता
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय