+
+

पाथिभरामा ‘बलिदान’को शुभसाइत : प्राविधिकलाई टीका लगाउँदै छायांकन सुरु

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २१ गते १४:१०

काठमाडौं । पाथिभरा मन्दिरमा शुभसाइत पूजाआजा गर्दै फिल्म ‘बलिदान’ले छायांकन सुरु गरेको छ । नेपाली र भारतीय प्राविधिकलाई टीका लगाइदिएर निर्देशक सन्तोष सेनले फिल्मको छायांकन सुरु भएको जनाए ।

‘पर्दा पछाडिका नायकहरुको लागि यो हाम्रो सम्मान थियो । तीज पर्वको अवसरमा टेक्निकल हिरोलाई सम्मान गर्दै निर्माण सुरु गर्न पाउनु खुसीको कुरा हो’ निर्देशक सेनले पाथिभराबाट अनलाइनखबरसँग भने ।

औपचारिक छायांकन भने शनिबार इटहरीदेखि थाल्ने तयारी छ । फिल्ममा नेपाली र भारतीय प्राविधिकको सहकार्य हुने जनाइएको छ । ६० दिनको छायांकन तालिका तय गरिएको यो फिल्मलाई पूर्वी नेपालका कानेपोखरी, रंगेली, विराटनगर, इटहरी र सिमसारमा खिच्ने तयारी छ ।

देशभक्ति भावनाको कथावस्तुमा आधारित हुने यो पोलिटिकल र एक्सन ड्रामा आशुसेन प्रोडक्सनको छैटौं प्रोजेक्ट हुनेछ । प्रेमगीत लगायतका सफल ब्यवसायिक फिल्मपछि आशुसेन प्रोडक्सन नयाँ प्रोजेक्टसहित फर्किएको हो । छायांकनपछि मात्र प्रदर्शन मिति तय हुने निर्देशक सेनले बताए ।

यो मल्टिस्टारर फिल्ममा समीर भट्ट, सौगात मल्ल, ऋचा शर्मा, अर्पण थापा, दिब्यदेव, विजय बराल, माओत्से, प्रेम पुरी, पवन विष्टको अभिनय हुनेछ । पवन विष्ट फिल्मका निर्माता हुन् ।

यो फिल्मपछि निर्देशक सेन नेपाल र तिब्बतबीच सन् १८५५ देखि १८५६ सम्म चलेको युद्धको कथावस्तुमा आधारित पिरियड ड्रामा फिल्ममा जुट्ने खबर यसअघि नै सार्वजनिक भैसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?