+
+

एभरेष्ट बैंकले घोषणा गर्‍यो लाभांश

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २१ गते १४:१८

२१ भदौ, काठमाडौं । वाणिज्य बैंकहरुमा सबैभन्दा पहिले एभरेष्ट बैंकले यो वर्ष लाभांश घोषणा गरेको छ ।

सो बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको नाफाबाट सेयरधनीलाई १५.५३ प्रतिशत लाभांश घोषणा गरेको हो । जसमध्ये करसहित ५.५३ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस सेयर रहेको बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।

सो लाभांश राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले पाउने छन् । बिहीबार बजार बन्द हुँदा यस कम्पनीको मूल्य प्रतिकित्ता ७२० रुपैयाँ छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?