+
+

ममता काफ्ले प्रकरण : आसपासका पार्क र स्कुलमा प्रहरीको सर्च अपरेशन जारी

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २१ गते १४:२०

२१ भदौ, काठमाडौं । अमेरिकाको भर्जिनियाबाट बेपत्ता ममता काफ्लेको खोजीलाई प्राथमिकताका साथ जारी राखिएको मनसास पार्क प्रहरीले जनाएको छ ।

काफ्लेको खोजीबारे विज्ञप्ति जारी गर्दै मनसास पार्क प्रहरीले ‘सर्च एण्ड रेस्क्यू टिम’ले ब्लुम्स क्रसिङ कम्युनिटी, मनसास क्रिस्चियन स्कुल, क्याम्प करोन्डेलेट, ब्लुम्स पार्क लगायतका क्षेत्रमा खोजी गरिरहेको भनेको छ ।

अनुसन्धानसँग सम्बन्धित प्रमाण फेला पर्न सक्ने शंकामा ती क्षेत्रमा खोजी जारी राखिएको प्रहरीले जनाएको छ । अनुसन्धानमा संलग्नहरुले ती क्षेत्रलाई काफ्लेको खोजीमा चासोको स्थान भएको निष्कर्षसहित टोली परिचालन गरेका हुन् ।

काफ्लेको विषयमा खोजी हुञ्जेल संयमता अपनाइदिन मनसास पार्क प्रहरीले अमेरिकाको नेपाली समुदायलाई पनि आग्रह गरेको छ । ‘अहिलेसम्म कुनै प्रमाण फेला परेको छैन’, प्रहरीले भनेको छ, ‘यदी केही उपलब्धी हात लग्यो भने प्रेस विज्ञप्तिमार्फत जानकारी गराउने छौं ।’

ममता १५ साउनबाट सम्पर्कविहीन भएकी थिइन् भने घरमा भारी मात्रामा रगत बगेकोसहितका तथ्यहरु फेला परेपछि मनसास पार्क प्रहरीले ७ भदौमा नरेशलाई पक्राउ गरेको थियो ।

नरेशलाई पक्राउ गरेर लैजाँदा मनसास प्रहरीका अधिकारीहरुले घरबाट कार्पेट पनि लगेका थिए । अदालतमा भएको सुनवाइका क्रममा अभियोजकतर्फका वकिलहरुले गरेको बहस अनुसार, ममता जिवित नभएको प्रहरी निष्कर्ष छ ।

कोठाभित्र झगडापछि रगक्ताम्ये भएको शरीरलाई बाथरुमसम्म घिसारेर लगेको हुनसक्ने अधिकृतहरुको आशंका छ । अहिले सार्वजनिक भएको कोठा र बाथरुमका तस्वीरहरुले पनि त्यो शंकालाई बल पुर्‍याएको छ ।

अधिकृतहरुले कोठामा रगत भए नभएको पहिचान गर्न ब्लूस्टार प्रविधि प्रयोग गरेका थिए, त्यसअनुसार, रगत भएको स्थानमा अध्यारो पारेर हेर्दा निलो रंग देखिन्थ्यो । यसरी जाँच गर्दा जति रगतको मात्रा देखिएको छ, त्यसको आधारमा उनी जीवित हुने सम्भावना नरहेको अधिकृतहरुले बताएका थिए ।

तर, भट्ट पक्षका वकिलहरुले भने शरीरविनै गम्भीर अभियोग लगाइएको भन्दै जमानतमा छाड्न माग गरेका थिए । तर, अभियोजकतर्फका वकिलहरुको बहस सुनेपछि नरेश समाजका लागि खतरा हुनसक्ने भन्दै उनलाई थुनामै राख्ने आदेश भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?