+
+

लोसपाले संविधान संशोधनमा अन्य दलसँग छलफल गर्न गठन गर्‍यो कार्यदल

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २१ गते १४:३८

२१ भदौ, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीले संविधान संशोधनका बारेमा अन्य दलसँग छलफल गर्न तीन सदस्य कार्यदल गठन गरेको छ ।

बुधबार र बिहीबार काठमाडौंमा बसेको केन्द्रीय पदाधिकारी बैठकले लक्ष्मणलाल कर्ण संयोजक रहेको कार्यदल गठन गरेको हो । कार्यदल सदस्यमा दानबहादुर विश्वकर्मा र परमेश्वर साह छन् ।

‘संविधान संशोधनको लागि विगतमा उठाइएका मधेशका सबै मुद्दाहरुको संकलन गर्दै मधेशी, थारू र अन्य उत्पीडीत जनताको अधिकार कायम गराउन सरोकारवाला सबै दलसँग सहकार्यको लागि’ कार्यदल बनाउने निर्णय गरिएको लोसपाले जनाएको छ । अपील गर्दै लो.स.पा. नेपालले श्री लक्ष्मण लाल कर्णको संयोजकत्वमा श्री दान बहादुर विश्वकर्मा र श्री परमेश्वर साह सदस्य रहने गरी ३ सदस्यीय कार्यदल बनाउने निर्णय गरियो ।

बैठकले केन्द्रीय समितिलाई महाधिवेशन तयारी मूल समितिमा परिणत गर्ने निर्णय गरेको छ । साधारण सदस्यताको लागि सदस्यता अभियान कार्तिक मसान्तसम्म चलाउने निर्णय गरिएको छ । लोसपाले २०८२ बैशाख २६ गते महाधिवेशन गर्ने निर्णय गरेको छ ।

एसइइको नजिता खस्किनुमा विषयगत शिक्षकको अभाव र समय सापेक्ष पाठ्यक्रम नभएको निष्कर्ष लोसपा बैठले निकालेको छ । मधेश प्रदेश लगायत अन्य जिल्लामा बालिनाली सुख्खाग्रस्त भएकोले किसानलाई अल्पकालीन र दिर्घकालीन व्यवस्थापन गर्नुपर्ने माग लोसपाले गरेको छ ।

साथै, उखुँ किसानले सरकारबाट पाउनु पर्ने अनुदान प्राप्त गर्न नसकेको प्रति सरकारको ध्यानाकर्षण गराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?