+
+

लियोनार्दो डिकाप्रियोले नेपालमा रोपेको रुखलाई पुगेन स्याहार

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २१ गते १५:५७

काठमाडौं । सन् २०१० मा हलिउड स्टार लियोनार्दो डिकाप्रियोले बर्दियाको ठाकुरबाबा नगरपालिकास्थित जगदम्बा स्कुलमा वृक्षारोपण गरे । विश्व वन्यजन्तु कोषको सद्भावना दूतको रुपमा उनले सुटुक्क नेपाल भ्रमण गरेका थिए ।

अस्कर अवार्ड विजेता अभिनेताले रोपेको उक्त रुख अहिले हर्लक्कै बढेको छ । तर विद्यालयमा पुग्ने कतिपयले डिकाप्रियोले रोपेको रुख भन्दै सेल्फी लिने, टिकटक बनाउने समेत गरेका छन् । बुढ्यौली लागेसँगै रुख बेसहारा समेत बनेको छ ।

राजवृक्ष समेत भनिने यो रुख वरपर अहिले झाडी बन्दै गएको देखिन्छ भने यसको उचित स्याहारसुसार पनि नभएको गुनासो त्यहाँ पुग्नेको छ । कतिपयले सामाजिक सञ्जालबाट समेत यस्तो गुनासो गरेका छन् ।

विद्यालयले उक्त रुखलाई पर्यटन स्रोतको रुपमा विकास गर्नुपर्ने कतिपयको सुझाव छ । कतिपयले रुखलाई टुर प्याकेजमा समेत समावेश गर्नुपर्ने आवाज उठाएका छन् । यसबाहेक लियोनार्दो डिकाप्रियो फाउण्डेसनले नेपालको बाघ संरक्षणमा कार्य गर्दै आएको छ । यहाँको बाघ संरक्षणमा डिकाप्रियोले बेलाबेलामा चासो समेत राख्दै आएका छन् ।

टाइटानिक, द उल्फ अफ वाल स्ट्रिट, किलर्स अफ द फ्लावर मुन, इनसेप्सन, द रेभिनेन्ट, रोमियो जुलियट, सटर आइल्याण्ड, द ग्रेट गाटस्वी उनका बहुचर्चित फिल्म हुन् । ‘द रेभिनेन्ट’बाट उनले उत्कृष्ट अभिनेताको अस्कर अवार्ड जिते ।

लियोनार्दो वातावरण संरक्षणमा समेत सक्रिय छन् ।

तस्वीर : सुबोध गौतमको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?