+
+

टेस्लाको शो रुममा आगलागी

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २१ गते १६:०२
फाइल तस्वीर

२१ भदौ, काठमाडौं । नक्सालस्थित टेस्लाको शो रुममा आगलागी भएको छ । आगलागीबाट कार्यालयमा क्षति भएको छ । गाडीमा भने केही भएको छैन ।

शुक्रबार विहान करिव साढे ११ बजेतिर आगलागी भएको थियो । कर्मचारीहरुका अनुसार एक्कासी आवाज आएको थियो । हेर्दा स्टोर रुमबाट धुँवा आएको देखियो । तर विदाका कारण ताला लगाएका कारण निभाउन जान सम्भव भएन ।

त्यही आगो फैलिएर पहिलो र दोस्रो तलामा क्षति भएको छ । त्यहाँ भएको सम्पूर्ण कागजात, टायर लगायतका सामान जलेर नष्ट भएको छ ।

दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । क्षतिको यकिन विवरण भने आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?