+
+

फेरियो गंगादेव गाउँपालिकाको नाम र केन्द्र

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २१ गते १६:१०

२१ भदौ, काठमाडौं। रोल्पाको गंगादेव गाउँपालिकाको नाम र केन्द्र फेरिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गंगादेव गाउँपालिकाको नाम फेरि सुकिदह गाउँपालिका राख्ने निर्णय गरेको छ ।

गाउँपालिकाको केन्द्र पनि परिवर्तन भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । गाउँपालिकाको केन्द्र हाल ५ नमबर वडाको सानडाँडामा रहेकोमा अब वडा नम्बर २को सुखाओडार (जिनावाङ) रहने भएको छ ।

८वैशाख २०८० को गाउँ सभाले गाउँपालिकाको नाम परिवर्तन गरी सुकिदह गाउँपालिका नामाकरण गर्ने र गाउँपालिकाको केन्द्र सुखाओडार (जिनावाङ) रहने गरी सिफारिस गर्ने निर्णय गरेको थियो । असोज २०८१मै लुम्बिनी प्रदेश सरकारले गाउँपालिकाको नाम र केन्द्र फेर्ने प्रस्ताव संघीय सरकारलाई पठाउने निर्णय थियो ।

२०७२मा गाउँपालिका कायम हुँदा गंगादृव गाउँपालिकाको नाम सुहिदह नै थियो । २०७४मा नेकपा माओवादी केन्द्रले जितेपछि सहिदको नाम भन्दै गंगादेव गाउँपालिका कायम गरिएको थियो । सुखाओडारबाट सानडाँडामा केन्द्र सारिएको थियो ।

आफ्नै श्रीमती र आफन्तको नाममा पालिकाको नाम राखेको भन्दै गाउँपालिकाका तत्कालीन अध्यक्ष वीरबहादुर खत्रीको आलोचना भएको थियो । विरोधकै बीचमा २०७९मा भएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले जितेसँगै नाम फेर्ने प्रक्रिया सुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?