+
+

तेस्रो अभ्यास खेलमा नेपाल ५ विकेटले पराजित

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २१ गते १६:४१
फाइल फोटो ।

२१ भदौ, काठमाडौं । नेपाल तेस्रो अभ्यास खेलमा श्रीलंका डेभलपमेन्टसँग ५ विकेटले पराजित भएको छ ।

थ्रस्टन कलेज ग्राउण्डमा नेपालले दिएको १६० रनको लक्ष्य घरेलु टोलीले मात्र २६.५ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । उसका लागि के सन्जुलाले सर्वाधिक ६८ रन बनाए ।
सोमपाल कामी र गुल्सन झाले २/२ विकेट लिँदा ललित राजवंशीको नाममा एक विकेट रह्यो ।

यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४० ओभरमा १५९ रनमा अल आउट भएको थियो ।

नेपालका लागि कुशल भुर्तेलले ५० बलमा सर्वाधिक ४३ रन बनाए । कुशल मल्लले ५५ बलमा ३५ रन बनाए ।

आरिफ शेख २०, कार्यवहाक कप्तान सोमपाल कामी २, गुलशन झा ५ रनमा आउट भए । यसैगरी आसिफ शेख डक, अनिल साह ३, सन्दीप जोरा ६ रनमा आउट भए ।
श्रीलंका डेभलपमेन्टका लागि गरुका सन्खेतले चार विकेट लिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?