+

चन्द्रपुरको लगातार दोस्रो बराबरी

२०८१ भदौ  २१ गते १७:१७ २०८१ भदौ २१ गते १७:१७
चन्द्रपुरको लगातार दोस्रो बराबरी

२१ भदौं, काठमाडौं। चन्द्रपुर नगरपालिकाले एन्फा महिला लिगमा लगातार दोस्रो बराबरी खेलेको छ ।

शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको दिनको पहिलो खेलमा चन्द्रपुर नगरपालिकाले संकटा फुटबल क्लबसँग गोलरहित बराबरी खेलेको हो । लगातार दोस्रो बराबरीपछि चन्दपुरले दुई खेलबाट २ अंक जोडेको छ ।

संकटाले बराबरीपछि पहिलो १ अंक जोडेको छ ।पहिलो पटक लिग खेलिरहेको संकटाले पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबसँग ४–० ले पराजित भएको थियो ।

शुक्रबार हुने दिनको दोस्रो खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

पुलिसले पहिलो खेलमा अर्को विभागीय टोली एपिएफ क्लबसँग गोलरहित बराबरी खेलेको थियो भने सुदूरपश्चिम बागमती युथ क्लबसँग ५–१ ले पराजित भएको थियो ।

चन्द्रपुर दोस्रो बराबरी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय