+
+

बिमला तुम्खेवाको एकल कविता साँझ सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २१ गते १७:२९

२१ भदौ, काठमाडौं। सञ्चारिका समूह नेपालकी केन्द्रीय अध्यक्ष तथा कवि बिमला तुम्खेवाको एकल कविता कन्सर्ट सम्पन्न भएको छ । शुक्रबार ललितपुरको झम्सिखेलस्थित सोल एन्ड रेस्ट्रोमा संगीतकर्मी आदिश्री ढुंगाना र यजु आचार्यको साथमा उनको कन्सर्ट सम्पन्न भएको हो ।

कन्सर्टमा तुम्खेवाका १५ कविता प्रस्तुत गरिएको थियो। जसमा रैथाने संगीतकार तथा गायिका झुमा लिम्बुले ‘छालहरू, ‘सहरको बदनाम कथा’, ‘छलि मुस्कान’ र वाचन गरेकी थिइन् भने कवि सीता तुम्खेवाले ‘यो रातमा तपाइलाई सम्झिएर’, ‘नेपालको नक्सामा किनीमाको तिहुन’ र ‘तिम्रो सम्झनामा’ वाचन गरेकी थिइन् ।

कार्यक्रममा उपसभामुख इन्दिरा रानामगर , राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन, नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेल लगायत विभिन्न क्षेत्रका दुईसय भन्दा बढी विषेश व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

झुमा लिम्बु र सीता तुम्खेवाको संयोजनमा आयोजित यस कन्सर्टलाई बेलायत सेनाका क्या: डिक लिम्बु तुम्खेवा, सिंगापुर प्रहरी इन्स्पेटर देवेन्द्र तुम्खेवा, अमेरिकामा कार्यरत प्रमिश तुम्खेवा, कोरियामा कार्यरत केवल तुम्खेवा, पूर्व शिक्षक भबिन्द्र तुम्खेवा र सुरेन्द्र तुम्खेवाले प्रायोजन गरेका हुन् ।

बिमला तुम्खेवाको यस अघि भारत, हङकङ, अमेरिकामा एकल कविता वाचन सम्पन्न हुनुको साथै गुरुकुल , सर्वनाम , यलमाया , शिल्पी नाटकघर साथै शिद्वार्थ आर्ट ग्यालरीले एकल कविता वाचन कार्यक्रम आयोजना गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?