+
+

बाबुरामसँग प्रधानमन्त्रीको गुनासोः प्रचण्ड निकै उद्दण्ड भए

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २१ गते १७:४०

२१ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्‍याउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रुचि नदेखाएको आरोप लगाएका छन् ।

शुक्रबार सिंहदरबारमा पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टराईले संक्रमणकालीन न्याय सम्बन्धी विषयमा बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले प्रचण्डको पछिल्लो क्रियाकलापले सँगसँगै बस्न पनि नसकिने अवस्था सिर्जना भएको बताएका हुन् ।

‘उहाँको शैली त थाहा थियो नै तर पनि तीन/तीन पटक प्रधानमन्त्री भएको व्यक्तिले मर्यादा नै नाघेर संसदमा कुरा राख्नुभयो’ ओलीको भनाई उद्धृत गर्दै नेसपाका नेता कृष्ण शर्माले भने, ‘उहाँको उद्दण्डताले संक्रमणकालीन न्याय सम्बन्धी काम पनि प्रभावित हुने जोखिम बढेको छ ।’

नेता शर्माका अनुसार डेढ घण्टा लामो संवादमा ओलीले आफू द्वन्द्वको पक्ष र विपक्ष दुवै नभएकोले निष्पक्ष भूमिका निर्वाह गर्ने बताए । ‘म न पक्ष, न विपक्ष, म त निष्पक्ष हुँ’ ओलीले भने, ‘म शान्ति प्रक्रिया टुङ्ग्याउन एकदमै सकारात्मक छु, तर म एक्लैले गरेर हुँदैन, खासगरी द्वन्द्वको एउटा पक्ष प्रचण्डजी तयार हुनुपर्‍यो ।’

प्रधानमन्त्री ओलीले आफ्नो एकल प्रयासमा शान्ति प्रक्रियाको काम अगाडि बढ्न गाह्रो हुने बताए । ‘म त १५ घण्टा खटौंला, काम गरौंला तर अँध्यारो भइसक्छ,’ उनले भने । शान्ति प्रक्रिया टुङ्ग्याउन प्रचण्डले अरुचि देखाएको उनको आरोप थियो ।

पूर्वप्रधानमन्त्री डा. भट्टराईले ज्ञापनपत्र बुझाउँदै शान्ति सम्झौतापछि प्राप्त भएको दुर्लभ अवसरलाई सदुपयोग गरेर महत्वपूर्ण कामको जस लिनेगरी काम गर्न सुझाव दिएको नेसपाका केन्द्रीय कार्यालय सचिव रोशन पोखरेलले जानकारी दिए ।

‘यो दुर्लभ अवसरलाई स्थायी शान्तिमा बदल्नुहोस्, आयोगहरूमा योग्य मानिसहरूलाई नियुक्ति दिनुहोस्, हामी तपाईंलाई सघाउन तयार छौं,’ डा. भट्टराईले भने ।

प्रधानमन्त्रीलाई नेसपाले बुझाएको ज्ञापनपत्र-

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?