+

नेपाली चिकित्सक विवेक सिंह मलेसियामा ट्रिपल ई अवार्डबाट सम्मानित

२०८१ भदौ  २१ गते १७:४१ २०८१ भदौ २१ गते १७:४१
नेपाली चिकित्सक विवेक सिंह मलेसियामा ट्रिपल ई अवार्डबाट सम्मानित

काठमाडौं । नेपाली चिकित्सक डा. विवेक सिंह मलेसियामा ट्रिपल ई अवार्ड्स (इन्टरप्रेन्योरसिप एण्ड इन्गेजमेन्ट एक्सिलेन्स अवार्ड्स) बाट सम्मानित भएका छन् । सेप्टेम्बर २ देखि ४ सम्म मलेसियाको राजधानी क्वालालम्पुरमा भएको ट्रिपल ई अवार्ड्समा उनी ‘मोस्ट एन्गेज्ड एकेडेमिक अफ द इयर’ विधामा शीर्ष पाँचमा परेका हुन् ।

उक्त अवार्ड कार्यक्रममा भारतकी मनिषा सिंह, अस्ट्रेलियाकी ऋचा अवस्थी, चीनकी मिनियोङ ली र सिंगापुरकी युआन्तुओ कुस्नादी पनि उत्कृष्ट पाँचमा परेका छन् । चिकित्सा शिक्षामा एक दशकभन्दा बढीको अनुभव भएका डा. सिंहले नेपालमा चिकित्सा र शैक्षिक क्षेत्रलाई अगाडि बढाउने काम गरेका छन् ।

उनकै पहलमा ‘नेपाली डाक्टर लाउन्ज’ स्थापना भएको छ, जुन स्वास्थ्यकर्मीहरुलाई जोड्ने र प्रशिक्षण तथा स्वास्थ्य सेवा अभ्यास सुधारका लागि महत्वपूर्ण प्लाटफर्म बनेको छ ।

डा. सिंहले प्रसिद्ध अन्तर्राष्ट्रिय जर्नलमा नौवटा शोधपत्र प्रकाशित गर्नुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त तीनवटा पुस्तक पनि लेखेका छन् । उनले शैक्षिक कार्यको अतिरिक्त भूकम्प र कोरोना महामारीको समयमा महत्वपूर्ण कार्य गरेका थिए ।

अवार्ड चिकित्सा क्षेत्र विवेक सिंह
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय