+
+

पशुपति क्षेत्रमा तीजको उल्लास (तस्वीरहरू)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८१ भदौ २१ गते १८:१३

२१ भदौ, काठमाडौं। नेपाली नारीको महान् पर्व हरितालिका तीज पशुपतिनाथ मन्दिर परिसरमा व्रतालु महिलाहरूले नाचगान गरेर मनाएका छन् ।

पशुपतिनाथको दर्शनका लागि आएका व्रतालुहरूले पूजाआजापछि नाचगान सहित तीज मनाएका हुन् । केही व्रतालुहरूले तीजमा आ-आफ्नो समूह बनाएर नाचगान गरिरहेका देखिन्थे भने कोही व्रतालुहरू सेल्फी फोटो खिच्‍नमै व्यस्त देखिन्थे ।

पर्वका अवसरमा आज बिहान तीन बजेदेखि नै पशुपतिनाथका चारवटै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।

बिहान केहीबेर झरीले भक्तजनलाई लाममा बस्न असहज भएको थियो । झरी रोकिएपछि धेरै भक्तजन पशुपति क्षेत्र प्रवेश गरी लाम लागेका थिए । तीजका लागि कोषले बाहिरबाट चार वटा लाइनको व्यवस्था गरेको थियो ।

उनका अनुसार दिउँसो ४ बजेसम्म करिब तीन लाख भक्तजनले मूल मन्दिरभित्र प्रवेश गरी दर्शन गरेको पशुपतिनाथको दर्शनका लागि अझै धेरै बर्तालु लामो लाममा बसेका छन् ।

पर्वका अवसरमा मूल मन्दिरभित्र करिब ६ सय महिला प्रहरी मात्र खटाइएको जनाइएको छ । कोषले तीजका अवसरमा आज बर्तालु महिलालाई मात्र प्रवेश गराएको छ । धेरैभन्दा धेरै महिला बर्तालुलाई पशुपतिनाथको दर्शन गराउने उद्देश्यले आज विशेष पूजाको रसिद पनि नकाटिएको कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले जानकारी दिए ।

हेर्नुहोस् तस्वीहरू : 

             

 

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?