+
+

बालेनको कार्यशैलीप्रति कांग्रेसले पनि उठायो प्रश्‍न

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २१ गते १८:३६

२१ भदौ, काठमाडौं। काठमाडौं महानगरका मेयर बालेन्द्र शाहको कार्यशैलीप्रति नेपाली कांग्रेस काठमाडौं महानगर समितिले पनि प्रश्‍न उठाएको छ ।

शुक्रबार कांग्रेसको महानगर समितिको बैठकपछि नगर सभापति नीलकाजी शाक्य र महानगरको मेयर उमेदवार नेतृ सिर्जना सिंहले संयुक्त विज्ञप्ति जारी गर्दै बालेनको कार्यशैलीप्रति प्रश्‍न उठाएका हुन् ।

काठमाडौं महानगरमा पर्ने नदी किनारमा २० मिटर छाड्नुपर्ने मापदण्डका विषयमा मेयर साहले महानगरवासीको हितमा काम नगरेको विज्ञप्तिमा भनिएको छ।’

‘काठमाडौं महानगर क्षेत्रभित्रका नदीनालाको किनारमा पशुपतिनाथ, गुह्येश्वरी, टेकु, पचलीघाट, शोभा भगवती लगायतका शक्तिपीठहरू, घाट, मन्दिरहरू र परापूर्वकालदेखि बसोबास हुँदै आएका पुराना बस्तीहरु पर्दछन्,’ विज्ञप्तिमा भनिएको छ,‘यस निर्णयले स्थानीय बासिन्दाहरुको पुराना बस्ती, वासस्थान र धार्मिकसांस्कृतिक सम्पदाको अस्तित्व जोखिममा पर्ने तथा कालान्तरमा लोप हुनेसम्मको अवस्था सिर्जना भएको नेपाली काग्रेस काठमाडौं महानगर समितिले महसुस गरेको छ ।’

काठमाडौं महानगर प्रमुखको नेतृत्वमा गरिएको कामहरूले नागरिकहरुको हित र आवश्यकतालाई प्राथमिकता नदिएको ठहर गर्दै महानगरवासीको हकहितको संरक्षणका लागि यस विषयमा सम्बोधन गर्दै समस्या निराकरणका लागि राज्यका तीनै अंगमा ज्ञापनपत्र सहित अनुरोध गर्ने कांग्रेस काठमाडौं महानगर समितिले गरेको छ ।

बागमती, विष्णुमती, धोबीखोला, मनोहरा, टुकुचा, लगायतका नदी खोलाहरूको किनाराबाट दायाँबायाँ २० मिटर क्षेत्र छोडी मात्र निर्माण गर्न सकिने भनी २०६५ मंसिर १ मा भएको निर्णयअनुसारको प्रावधानलाई थप २० मिटर मापदण्ड सहित पालना गरिनुपर्ने भनी सर्वोच्च अदालतले मिति यही साउन २४ मा काठमाडौं महानगरपालिका लगायतलाई उत्प्रेषणयुक्त जारी गरेको आदेशको भने कांग्रेस काठमाडौं महानगर समितिले सम्मान गर्ने बताएको छ ।

कानुन बमोजिम नगरवासीहरुको हितका लागि फैसलाको पुनरावेदन गरी सम्पत्ति र वासस्थानको संविधानप्रदत्त हकप्रति ध्यान दिनुपर्नेमा, महानगरको कार्यपालिकाको बैठक वा कार्यकालिका सदस्यहरुसँग छलफल समेत नगरी मेयर साहले एकल निर्णयवाट पत्रिकामा प्रकाशित सूचनाले नगरवासीहरुलाई आतङ्कित बनाएका भन्दै कांग्रेसले सो कार्यप्रति खेद प्रकट गरेको छ ।

हेर्नुहोस् विज्ञप्ति : 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?