+
+

परम्परागत आर्थिक र राजस्व नीति देश उन्नतिको बाधक : स्वर्णिम वाग्ले 

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २१ गते १७:१०

२१ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपाध्यक्ष डा. स्वार्णीम वाग्लेले वर्षौंदेखि कायम रहेको परम्परागत आर्थिक र राजस्व नीति नै देश उन्नतिका लागि बाधक भएको बताएका छन् ।

अर्थविद् समेत रहेका रास्वपाका सांसद वाग्लेले आर्थिक मन्दीको अर्थ राजनीतिक निकासका लागि संरचनागत सुधार जरुरी रहेको बताए ।

रास्वपाले वीरगञ्जमा आयेजना गरेको ‘आर्थिक मन्दी र अर्थ राजनीतिक निकास’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले आफ्नो पार्टीको बहुमतको सरकार बने एक पटकका लागि जोखिमै लिएर भए पनि अहिलेको आर्थिक र राजस्व नीति नै स्क्र्याप गरेर पूर्ण वैज्ञानिक भन्सार, राजस्व र अर्थ नीति लागू गर्ने उनले बताए

उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानीले व्यापारीहरूलाई हेर्ने सरकारको नीति नै गलत भएको बताए ।

महासंघ मधेश प्रदेशकै पूर्वअध्यक्ष गणेश लाठले सरकार र व्यावसायीबीचको सम्बन्ध सुमधुर हुनुपर्नेमा सरकारले सधैं व्यापारी कस्ने नीति अवलम्बन गरेको गुनासो गरे ।

वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष डा. सुवोध गुप्ताले चामल र तेल जस्ता कृषि जन्य उद्योगहरूको समस्याहरु उस्तै रहेको बताए ।

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवालले सरकारले करको दायरा बढाउनु पर्नेमा दर बढाएर गैर भन्सारलाई नीतिगत रूपमै प्रोत्साहन गरेको बताए ।

कार्यक्रममा रास्वपा पर्साका सभापति हरि पन्तले राजनीतिकभन्दा माथि उठेर मुलुकलाई हुने आर्थिक क्षति न्यूनीकरण गर्न रास्वपा लागि पर्ने बताए ।

उद्योगी व्यवसायीहरूको सुझाव सल्लाह र समस्या संकलन गरेर सोही अनुसारको अर्थ नीति अवलम्बन गर्ने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?