+
+

वास्तु मिलाउने नाममा साढे १६ लाख खर्च

हरि अधिकारी हरि अधिकारी
२०८१ भदौ २१ गते १८:२९

२१ भदौ, विराटनगर । कोशी प्रदेशका तत्कालीन मुख्यमन्त्री केदार कार्कीले वास्तु नमिलेको भन्दै नयाँ कार्यकक्ष बनाउँदा साढे १६ लाख खर्च भएको पाइएको छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको दोस्रो तल्लाको तल्लाको उत्तर पूर्वको कोठामा मुख्यमन्त्रीको कार्यकक्ष थियो । तर वास्तु नमिलेको भन्दै तेस्रो तल्लामा सारिएको छ ।

तत्कालीन मुख्यमन्त्री कार्कीलाई धर्मगरु रामानुज नेपाल लगायतले कार्यकक्षको वास्तु नमिलेको भन्दै जतिसक्दो चाडो सार्न सुझाव दिएका थिए । त्यसपछि कार्कीले ज्योतिषीलाई देखाएर तेस्रो तल्लाको हलमा कार्यकक्ष बनाउन लागाए । कार्यकक्ष बनाउन ३९ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो, जसमध्ये १६ लाख ५३ हजार ९१२ रुपैयाँ खर्च भएको पाइएको छ ।

मुख्यमन्त्री कार्यालयले सभाहल निरोभेसन शीर्षकको १० लाख र भवन पूँजीगत सुधार खर्च शीर्षकमा २९ लाख ९० हजारको बजेट शहरी विकासमा पठाएको थियो ।

सहरी विकासका निमित्त प्रमुख सुरेन्द्रकुमार सांवोका अनुसार हल रिनोभेसन शीर्षकको १० लाखमध्ये ९ लाख ३६ हजार ३८० रुपैयाँ खर्च भएको छ । कार्यालय भवन पूँजीगत सुधार शीर्षकको ७ लाख १७ हजार ५३२ रुपैयाँ खर्च भएको छ ।

कार्की हटेपछि नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री भए ।

उनले अहिले त्यही कार्यकक्ष प्रयोग गरिेका छन् । यसअघि दुई पटक मुख्यमन्त्री हुँदा उनी पुुरानै कार्यकक्षमा बसेका थिए । २७ बैशाखमा तेस्रो पटक मुख्यमन्त्री बन्दा नयाँ कार्यकक्ष बनिसकेको थियो । तेस्रो तल्लाको कार्यकक्ष बनिसकेकाले त्यसलाई प्रयोग गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार बिक्रम लुइटेलले जानकारी दिए ।

यसअघिका मुख्यमन्त्रीले प्रयोग गर्ने कार्यकक्षमा भने प्रदेशका प्रमुख सचिव बस्छन् ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?