+
+

संस्कृति समाजको प्राण हो : पर्यटनमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २१ गते १३:३४

२१ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले संस्कृति समाजको प्राण भएको बताएका छन् ।

तीजको अवसरमा शुक्रबार पशुपतिनाथ मन्दिर क्षेत्रमा स्थलगत अनुगमन गर्दै उनले यस्तो बताएका छन् ।

‘धार्मिक पर्यटन प्रवर्द्धनका लागि संस्कृति महत्त्वपूर्ण विषय हो । यो हाम्रो समाजको प्राण पनि हो । संस्कृति पक्षलाई बलियो बनाउनु भनेको समाज बलियो हुनु हो,’ मन्त्री पाण्डेले भने ।

तीजमा पशुपतिनाथको दर्शन गर्न आएका महिला भक्तजनहरूसँग समेत त्यहाँको व्यवस्थापनका बारेमा जानकारी लिएका थिए ।

भक्तजनहरूले लामो लाइनमा नबसी दर्शन गर्न पाएकोमा उनले खुसी व्यक्त गरे । पशुपति क्षेत्र विकास कोषले लाइनमा बस्न नपर्ने गरी छिटो छरितो रूपमा दर्शनको व्यवस्था गरेको भन्दै उनले प्रशंसा गरे ।

उनले विविध खालको संस्कृतिले नेपाल र नेपालीलाई संसारभर जोड्ने काम गरेको भन्दै धार्मिक पर्यटकीय क्षेत्रलाई अन्तर्राष्ट्रिय जगतमा प्रचारप्रसार गर्दै पर्यटकहरू भित्राउनु पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?