+
+

पलेशालाई उद्योग वाणिज्य महासंघको सम्मान

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २१ गते १३:०५

२१ भदौ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले पेरिस पारालिम्पिकमा ऐतिहासिक पदक विजेता पलेशा गोवर्धनलाई सम्मान गरेको छ ।

महासंघले पलेशालाई तीन लाख, प्रशिक्षक कविराज नेगी लामालाई एक लाख पच्चिस हजार र व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई ७५ हजार रुपैयाँ सहित सम्मान गरेको हो । पलेशा पारालिम्पिकमा पदक जित्ने पहिलो नेपाली खेलाडी हुन् ।

कार्यक्रममा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पलेशाको ऐतिहासिक जित नेपाली खेलाडीहरूका लागि अन्तर्राष्ट्रिय मञ्चमा नयाँ मापदण्ड स्थापित गरेको बताए ।

‘नेपाली युवा प्रतिभावान छन् । विश्वका अन्य मुलुक जस्तै नेपालमा सरकारसँगै निजी क्षेत्रले पनि खेल क्षेत्रको प्रवर्द्धनमा सहयोग पुर्‍याउनु पर्छ,’ उनले भने ।

सम्मान ग्रहण गर्दै पलेशाले आफ्नो सफलताले भविष्यका खेलाडीहरूलाई समेत प्रेरित गर्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?