+
+

गृहसचिव दुवाडीले गरे पदबहाली

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २१ गते १९:५८

२१ भदौ, काठमाडौं। नवनियुक्त गृहसचिव गोकर्णमणि दुवाडीले पदभार ग्रहण गरेका छन् । शुक्रबार अपरान्ह सिंहदारबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पुगेर सरुवाको पत्र बुझेका दुवाडीले साँझ मन्त्रालय पुगेर पहबाहली गरेका हुन् ।

बिहीबार साँझ बसेको बसेको मन्त्रिपरिषद बैठकले दुवाडीलाई गृह सचिवमा सरुवा गर्ने निर्णय गरेको थियो । यसअघि उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तरगतको राष्ट्रिय तथ्यांक कार्यालयमा सचिव थिए ।

यसअघिका गृह सचिव एकनारायण अर्याललाई गत १३ भदौको मन्त्रिपरिषद बैठकले मुख्यसचिव नियुक्त गरेपछि उनी गृह सचिव बनेका हुन् । गत १३ साउनमा सरकारले दुवाडीलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट राष्ट्रिय तथ्यांक कार्यालयमा सरुवा गरेको थियो ।

अहिले केपी शर्मा ओली नेतृत्वको सरकारमा गृह सचिव बनेका दुवाडी विगतमा सचिवमा बढुवा हुने क्रममा सरकारबाटै पीडित बनेका थिए । ३१ वैशाख २०७७ मा पहिलोपटक सचिव बढुवाका लागि सिफारिसमा परेका दुवाडीले सचिव हुने ७ महिना कुर्नुपरेको थियो ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले छैठौं पटक सचिव बढुवाका लागि भएको सिफारिसमा १० मंसिरमा मात्रै उनलाई सचिव बढुवा गरेको थियो । तत्कालीन सरकारले ५ पटक सिफरिस हुँदा पनि उनलाई सचिवमा बढुवा नगरी अरुलाई नै मौका दिएको थियो ।

३ पटक पहिलो नम्बरमा सिफारिस हुँदा समेत उनलाई सचिवमा बढुवा नगरी उनीभन्दा जुनियर सहसचिवहरुलाई सचिव बनाइएको थियो । कनिष्ठ भएपनि विष्णुप्रसाद नेपाल, वीरबहादुर राई र मधुकुमार मरासिनी दुवाडीलाई उछिनेर सचिव बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?