+

सुदूरको पोष्टमा पुलिसको ९ गोल, दीपा र निरुको ह्याट्रिक

२०८१ भदौ  २१ गते २१:२४ २०८१ भदौ २१ गते २१:२४
सुदूरको पोष्टमा पुलिसको ९ गोल, दीपा र निरुको ह्याट्रिक

२१ भदौ, काठमाडौं । दिपा न्यौपाने र कप्तान निरु थापाले ह्याट्रिक गरेपछि नेपाल पुलिस क्लबले एन्फा महिला लिगमा  फराकिलो अन्तरले पराजित गरेको छ ।

शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा मुख्यालयको मैदानमा सम्पन्न खेलमा पुलिसले सुदूरपश्चिमलाई ९-० ले पराजित गरेको हो । पुलिसको जितमा कप्तान निरु थापा र दीपा न्यौपानेले ह्याट्रिक गर्दा पूजा राना, घिमकुमारी गुरुङ र अनुष्का शेर्पाले एक-एक गोल थपे ।

पहिलो हाफमा तीन गोल गरेको पुलिसले दोस्रो हाफमा आधा दर्जन गोल थप्यो ।

एकपक्षिय बनेको खेलमा दीपाले ३१औं, ४६औं र ६०औं मिनेटमा गोल गरिन् । यस्तै निरुले नवौँ, ६९औं र  ७८औं मिनेटमा गोल गरिन् । पुजाले ३०औं, घिमकुमारीले ७६औं र अनुषकाले इन्जुरी टाइममा गोल गरिन् ।

जितपछि पुलिस दुई खेलबाट ४ अंक जोडेर अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पुलिसले पहिलो खेलमा एपीएफसँग गोलरहित बराबरी खेलेको थियो ।

सुदूरपश्चिमको भने लिगमा यो लगातार दोस्रो हार हो । पहिलो खेलमा सुदूरपश्चिम बागमती युथ क्लबसँग ५-१ ले पराजित भएको थियो ।

शुक्रबार भएको पहिलो खेलमा चन्द्रपुर नगरपालिका र संकटा क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका थिए ।

फोटो : एन्फा

 

एन्फा महिला लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय