+
+

एमबीबीएस पढाउँदै मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २२ गते ९:४७

२२ भदौ, जनकपुरधाम । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चिकित्सा शिक्षा आयोगले एमबीबीएस (चिकित्साशास्त्रमा स्नातक) पढाउन ५० सिट प्रदान गरेको छ ।

प्रतिष्ठानले पाएको ५० सिटमध्ये ७५ प्रतिशत सिटमा विद्यार्थीले पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने अवसर पाउनेछन् । जसबाट मधेश प्रदेशका धेरैजसो विद्यार्थी लाभान्वित हुने अपेक्षा छ ।

एमबीबीएसको पढाइ सुरु हुने भएपछि प्रादेशिक राजधानी जनकपुरधामसहित सम्पूर्ण मधेश प्रदेशको स्वास्थ्य सेवामा गुणात्मक सुधार आउने विश्वास गरिएको छ ।

मुख्यमन्त्री सतिश सिंहले प्रतिष्ठानमा एमबीबीएस अध्ययन सुरु गराउन सफलताका साथ तयारी पूरा गरेकोमा उपकुलपति डा.अंकुर साह, रजिस्ट्रार डा. विनोद यादव लगायतका पदाधिकारी र कर्मचारीलाई बधाई दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?