+
+

सेलेना गोमेज बनिन् कान्छी अर्बपति

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २२ गते १०:३२

काठमाडौं । ३२ वर्षिया पपस्टार तथा अभिनेत्री सेलेना गोमेज अर्बपति बनेकी छन् । ब्लुमबर्गको विवरणअनुसार सौन्दर्य प्रशाधन उत्पादन गर्ने ‘द रेयर ब्युटी’ कम्पनीको संस्थापक समेत रहेकी गोेमेजको अनुमानित सम्पत्ति १.३ बिलियन अमेरिकी डलर पुगेको छ ।

योसँगै उनी अमेरिकाको कान्छी अर्बपतिमध्ये एक बनेकी छिन् । उनको आम्दानी सो ब्राण्डमा आधारित छ जसलाई गोमेजले सन् २०१९ मा स्थापना गरेकी थिइन् । यसमा उनको कूल सम्पत्तिको ८० प्रतिशत हिस्सा छ ।

पछिल्लो १२ महिनामा यो ब्राण्डले ४०० मिलियन डलरको सामान विक्री गरेको छ । उनको कूल सम्पत्तिमा मानसिक स्वास्थ्यबारेको स्टार्टअप, संगीत एल्बम बिक्री, स्ट्रिमिङ सम्झौता, ब्राण्ड साझेदारी, कन्सर्टको टिकट र अभिनयबाट प्राप्त हुने पारिश्रमिक समावेश छ ।

गोमेज अन्तिम पटक सन् २०१६ मा सांगीतिक विश्व भ्रमणमा निस्किएकी थिइन् । पछिल्लोपटक सन् २०२० मा उनको एल्बम ‘रेयर’ रिलिज भएको थियो । उनी अहिले फिल्म अभिनयमा ब्यस्त छिन् ।

उनी अहिले हुलुको कमेडी श्रृंखला ‘ओन्ली मर्डर्स इन द बिल्डिंग’ अभिनयकोे लागि एमी पुरस्कारमा मनोनित छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?