+
+

के स्मार्टफोनका कारण ब्रेन क्यान्सर हुन्छ ? विश्व स्वास्थ्य संगठनको अध्ययनले यसो भन्छ

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २२ गते १३:४८

मोबाइल फोनको असरका विषयमा हामीले विभिन्न खालका मान्यता, अवधारणा, तर्क तथा कुराहरु सुनिरहेका हुन्छौं ।

स्मार्टफोनको प्रयोगले गर्दा मानिसमा मस्तिष्क क्यान्सरको जोखिम हुने दाबी समेत कतिपयले गर्ने गरेका छन् । यस विषयमा एउटा रिपोर्ट सार्वजनिक भएको छ जसले यथार्थ तथ्यको खुलासा गरेको छ । विश्व स्वास्थ्य संगठनले जारी गरेको उक्त रिपोर्टले मोबाइल फोनका कारण मानिसमा ब्रेन क्यान्सर नहुने स्पष्ट पारेको छ ।

विश्व स्वास्थ्य संगठनले पछिल्ला २ दशकदेखिका अनुसन्धान रिपोर्टहरुको अध्ययन गरी सोही आधारमा आफ्नो समीक्षा तयार पारेको हो । पछिल्ला केही वर्षदेखि विश्वभर स्मार्टफोन प्रयोगको दर व्यापक रुपमा बढिरहेको छ ।

मानिसमा स्मार्टफोन प्रयोग गर्ने आनीबानी तीव्र गतिमा बढिरहेको भएपनि त्यसले मस्तिष्कमा क्यान्सर गराउने कुनै जोखिम नरहेको डब्लुएचओको भनाइ छ ।

यो शोधमा यस्ता मानिसहरुलाई सहभागी गराइएको छ जसले अत्यधिक मात्रामा स्मार्टफोन प्रयोग गर्दछन् । कतिपय यस्ता व्यक्तिहरु पनि छन् जसले वर्षौंदेखि नै अत्यधिक स्मार्टफोन प्रयोग गर्ने ग्रेका छन् ।

सन् १९९४ देखि २०२२ सम्म गरिएका ६३ वटा अनुसन्धानको समीक्षा पश्चात् शोधकर्ताहरुले पछिल्लो रिपोर्ट सार्वजनिक गरेका हुन् । यो शोधमा १० देशका ११ जना शोधकर्ताहरु सहभागी भएका थिए । जसमा अष्ट्रेलिया सरकारको विकिरण संरक्षण प्राधिकरणका विज्ञहरु पनि सामेल थिए ।

विश्व स्वास्थ्य संगठनको पछिल्लो रिपोर्टले त्यस्ता तमाम मानिसहरुहरुलाई राहत मिलेको छ, जसले अधिकांस समय स्मार्टफोन चलाउने गर्दछन् ।

हुनत यसो भन्नुको अर्थ अत्यधिक स्मार्टफोन प्रयोग गर्दा कुनैपनि दुष्परिणाम हुँदैन भन्ने होइन । तर स्मार्टफोन प्रयोगले मस्तिष्क क्यान्सर नगराउने तथ्य भने पक्का हो ।

यो शोधका क्रममा विज्ञहरु रेडियोफ्रिक्वेन्सी रेडिएसनका प्रभावहरुमा केन्द्रित भएका थिए, जसको प्रयोग फोनका अलावा टेलिभिजन, बेबी मनिटर लगायतका विभिन्न ग्याजेटमा हुने गर्दछ।

उक्त शोधका सहलेखक समेत रहेका प्राध्यापक मार्क एलउडका अनुसार कुनैपनि अनुसन्धानले स्मार्टफोनका कारण मानिसमा क्यान्सर हुने तथ्य देखाएन ।

अन्तराष्ट्रिय क्यान्सर अनुसन्धान एजेन्सीले मोबाइल फोनबाट निस्किने तरंगलाई Possibly Carcinogenicअर्थात् २B श्रेणीमा राखेको छ ।

यसको अर्थ स्मार्टफोनबाट निस्किने विकिरण र क्यान्सरबीच प्रत्यक्ष सम्बन्ध सावित गर्नका लागि पर्याप्त सबूत छैन तर यसलाई पूर्णरुपमा नकार्न सकिने अवस्था पनि रहँदैन । पछिल्लो डेटा सन् २०११ मा गरिएको जाँचबाट निकालिएको हो ।

त्यसैले क्यान्सर अनुसन्धान एजेन्सीको सल्लाहाकार समूहले यो विषयमा नयाँ तथ्य तथ्यांक सहित यथाशीघ्र नयाँ अनुसन्धान गर्नपनि सिफारिस गरेको छ। एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?