+
+

प्रकाश सपुत र स्वस्तिमाले बागलुङबाट थाले ‘वसन्त’को छायांकन

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २२ गते १२:५०

काठमाडौं । गायक तथा अभिनेता प्रकाश सपुतले शनिबारदेखि गृहजिल्ला बागलुङबाट डेब्यु निर्देशकीय फिल्म ‘वसन्त’को छायांकन थालेका छन् । छायांकनअघि कालिका मन्दिरमा शुभसाइत पूजा गरियो ।

सपुतसहित अभिनेत्री स्वस्तिमा खड्का, अन्य कलाकार र प्राविधिक, बागलुङ नगरपालिकाका मेयर वसन्तकुमार श्रेष्ठ लगायतले मुहूर्त पूजामा भाग लिए । सपुतकै जन्मथलो धम्जा गाउँसहित बागलुङका विभिन्न स्थानमा २५ दिनसम्म छायांकन चल्नेछ ।

दशैंतिहारको बीचमा राजधानी काठमाडौं र तराईका विभिन्न लोकेसनमा छायांकनको तयारी छ । निर्माता कम्पनी गलबन्दी प्रोडक्सनका कार्यकारी प्रमुख दिल श्रीशका अनुसार छायांकनको लागि कास्ट एण्ड क्रू शनिबारै बागलुङ बजारदेखि धम्जा जानेछन् । फिल्मलाई सुसन प्रजापतिले छायांकन गर्नेछन् ।

फिल्ममा स्वस्तिमा र प्रकाशसहित प्रभात पाल ठकुरी, खड्कबहादुर पुन, शिवांशी श्री लगायतको अभिनय हुनेछ । अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरेको समेत यसमा अभिनय हुनेछ ।

यो सोसल ड्रामा फिल्ममा निर्देशनसहित पटकथा र संगीत पनि सपुतकै हुनेछ । टिजरअनुसार कथावस्तुको सेटिङ बागलुङको ग्रामीण क्षेत्र हो । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र यो लक्ष्य हासिल गर्न उसले हासिल गर्ने संघर्ष यसको कथा हो । सपुत आरनमा काम गर्ने लोहारको रोलमा देखिएका कमलमणिको छोरा वसन्तको भूमिकामा हुनेछन् ।

गलबन्दी प्रोडक्सनले निर्माण गर्ने यो फिल्मको कार्यकारी निर्मातामा मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नाना थकाली छन् । यो फिल्मको बजेट तीन करोड रुपैयाँ हुने चलचित्र विकास बोर्डको दर्ता विवरणमा उल्लेख छ । फिल्मको प्रदर्शन मिति आगामी चैत २२ गतेलाई तय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?