+
+

कर्मचारीको तलब २५ पैसा पनि बढाउन सक्ने स्थिति छैन : प्रधानमन्त्री ओली

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २२ गते १३:३९

२२ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चाहना हुँदाहुँदै कर्मचारीको तलब बढाउन नसकेको बताएका छन् ।

कर्मचारीको तलब २५ प्रतिशत वृद्धि गरिदिने चाहना रहेको तर देशको अर्थतन्त्र कमजोर भएकाले नसकेको उनले बताए ।

‘म त अलिकति पैसो भयो भने एकैचौटी २५ प्रतिशत तनखा वृद्धि गरिदिने मान्छे हो, … अहिले त यस्तो स्थिति छ कि २५ प्रतिशत होइन, २५ पैसा पनि वृद्धि गर्न सकिने अवस्था छैन’, निजामती सेवा दिवसमा आयोजित कार्यक्रममा उनले भने ।

अहिले निजामती कर्मचारीले मन दह्रो बनाएर बस्नुपर्ने प्रधानमन्त्री ओलीले बताए । ‘कठिनाइहरुको सामना गरेर देशलाई अगाडि बढाऔं, अर्थतन्त्र अगाडि बढ्यो भने हाम्रो सुविधा पनि बढ्छ’, उनले भने ।

प्रधानमन्त्री ओलीले कर्मचारीले आफूलाई मालिकजस्तो ठान्न नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?