+
+

काठमाडौंमा नवाजुद्दिन सिद्दिकी : नेपाली फिल्ममेकरसँग काम गर्न तयार छु

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २२ गते १७:४७

काठमाडौं । नेपाली फिल्म ‘शाम्बाला’को प्रिमियरमा सहभागि हुन बलिउड अभिनेता नवाजुद्दिन सिद्दिकी यतिबेला काठमाडौंमा छन् । शनिबार इण्डिगो एयरवेजबाट उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरे ।

आफ्नो स्टारडमको बाबजुद पनि उनी सँधै लो-प्रोफाइल बस्न रुचाउँछन् । काठमाडौं एयरपोर्टमा पनि उनी यस्तै देखिए । अनलाइनखबरसँगको कुराकानीमा उनले नेपाली फिल्म र मेकरको प्रशंसा गरे । उनले मीन भामजस्ता उत्कृष्ट नेपाली निर्देशकसँग भविष्यमा काम गर्ने इच्छा व्यक्त गरे ।

अभिनयमा भविष्यमा बनाउन खोजिरहेका नेपाली युवालाई उनले इमान्दारिता र विशिष्टता जोगाउन आग्रह गरे । संसारभर नेपाली युवाले उत्कृष्ट काम गरेको भन्दै उनले प्रशंसा गरे । अभिनेता सिद्दिकी पहिलोपटक नेपाल भ्रमणमा आएका हुन् ।

अनलाइनखबरसँग सिद्दिकीले यस्तो भने :

‘मीन भाम प्रतिभाशाली निर्देशक हुन् । भविष्यमा उनीसँग काम गर्ने कुरामा आशावादी छु । निश्चय नै शाम्बाला उत्कृष्ट रहेको कुरामा शंका छैन । मलाई शाम्बाला मनपर्‍यो । यसकारण म नेपाल आएको छु ।’

ठ्याक्कै यही फिल्म भन्ने छैन, भविष्यमा म उनीसँग काम गर्न इच्छुक छु । उनी रोमाञ्चक निर्देशक हुन् वास्तवमै ।

म पहिलोपटक नेपाल आएको हुँ । म नेपालीलाई माया गर्छु । हामीसँग वास्तवमै नेपालसँग बलियो सम्बन्ध छ । नेपाली जतासुकै छन् । मेरो घरतिर पनि नेपालीहरु हुनुहुन्छ । हामी परिवारजस्तै गरेर बसेका छौं ।

मैले बर्लिनमा शाम्बाला हेरेँ । यसपटक शाम्बालाबाहेक अर्को एक नेपाली फिल्म हेर्ने पनि तयारी छ । किनभने नेपालसँग उत्कृष्ट निर्देशकहरु छन् । म ती सबैजनासँग काम गर्न मन लागेको छ । सुरुमा म मीनसँग काम गर्न इच्छुक छु ।

नेपाली फिल्ममेकरले राम्रो काम गरिरहेका छन् । अभिनयमा भविष्य बनाउन खोजिरहेका युवाहरुलाई मेरो सल्लाह छ- मौलिकता कहिँकतै हराउनुहुँदैन, जानुहुँदैन । अभिनयमा पनि यस्तै कुराको खाँचो छ । इमान्दारिता र विशिष्टता अभिनयमा पनि चाहिन्छ ।

नेपाली कलाकार र निर्देशकले संसारमा उत्कृष्ट काम गरिरहेका छन् । लोकार्नोमा उत्कृष्ट अभिनेत्रीको अवार्ड एउटा उदाहरण हो । नेपालीले विश्वभर उत्कृष्ट काम गरिरहेका छन् वास्तवमा ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?