+
+

अनुराग कश्यप पनि काठमाडौंमा, भन्छन् : नेपाली फिल्म हिन्दीभन्दा उत्कृष्ट बन्न थालेका छन्

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २२ गते १८:१८

काठमाडौं । बलिउड निर्देशक अनुराग कश्यप शनिबार काठमाडौं आइपुगेका छन् । नेपाली फिल्म ‘शाम्बाला’को प्रिमियरमा सहभागि हुन उनी दिल्ली हुँदै काठमाडौं आएका हुन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शाम्बाला निर्देशक मीन भामसहितले स्वागत गरे । काठमाडौं एयरपोर्टमा उनले अनलाइनखबरसँग कुरा गर्दै नेपाली फिल्मको विकासको प्रशंसा गरे ।

नेपाली फिल्म हिन्दीभन्दा उत्कृष्ट बन्न थालेको भन्दै निर्देशक कश्यपले प्रशंसा गरे । नेपाली फिल्मको निर्माणमा सघाउन आफू तयार रहेको उनले बताए । यस्तो छ कश्यपसँगको संक्षिप्त संवाद :

के तपाईंको यो पहिलो भ्रमण हो ?

म गोरखपुरमा जन्मिएँ । म यसपटक पनि पशुपति दर्शनको लागि आइसकेको छु ।

‘शाम्बाला’ प्रिमियरबाहेक यसपटकको नेपाल भ्रमणका योजना के छन् ?

मलाई खानाका परिकार बुझ्न र जान्न रुचि छ । खाएजति स्थानीय खानाका परिकार चाख्न मन छ । मेरो कलेजको साथी कमल र संसारकै प्रसिद्ध न्यूरो डाक्टर यामबहादुर रोका पनि नेपाली नै हुन् । यसपटकको नेपाल भ्रमणमा उनीहरुलाई भेट्नेछु ।

तपाईंले कुनै नेपाली फिल्म हेर्नुभएको छ ?

मैले प्रेमगीत र कालोपोथी भन्ने फिल्म हेरेको छु । ‘कालोपोथी’ निकै मनपर्‍यो ।

बलिउड र नेपालबीच फिल्मलाई लिएर भविष्यमा कुनै सहकार्य हुनसक्ने सम्भावना देख्नुहुन्छ ?

निश्चय नै, नेपाली फिल्म, हिन्दीभन्दा उत्कृष्ट बन्न थालेका छन् । त्यो सम्भावना हुनसक्छ ।

तपाईं नेपाली फिल्ममेकरसँग सहकार्य गर्ने योजनामा हुनुहुन्छ ?

नेपाली फिल्म निर्माणमा म सघाउन तयार छु । कुन भाषामा बनाउँछु थाहा भएन तर, म सघाउन तयार छु नेपालको लागि ।

तपाईंलाई नेपालको कुन पक्षमा मन पर्छ ।

मलाई नेपालको संस्कृति बुझ्न मन छ । नेपाली संसारका प्रिय मान्छेहरु हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?