+
+

रक्षामन्त्री भन्छन् : मन्त्रीले त फोन उठाउन नभ्याउने रहेछ

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २२ गते १८:२५

२२ भदौ, काठमाडौं । रक्षामन्त्री मानवीर राईले मन्त्री भएपछि फोन उठाउन समेत नभ्याउने गरेको बताएका छन् ।

सोलुखुम्बुको जिमी राई उत्थान समाजद्वारा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा कार्य व्यवस्थाले गर्दा फोन उठाउन नभ्याउने अवस्था रहेको सुनाए ।

कहिलेकाहीँ राति साढे नौ बजेसम्म मन्त्रिपरिषद बैठकमा हुने गरेको उनले बताए । ‘मन्त्रीले त फोन उठाउन नभ्याउने रहेछ नि त’, रक्षामन्त्री राईले भने, ‘बिहान बेलुका फुर्सद हुँदा फोन उठाउँछु । उठेन भने अन्यथा नठानिदिनुहोस् ।’

मन्त्री भएपछि फोन पनि उठाएन भन्ने सन्देश जाला कि भन्ने डर लाग्न थालेको उनले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?