+
+

विराटनगरमा विद्यालय नाटक महोत्सव

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २२ गते १८:३२

२२ भदौ, विराटनगर । विराटनगरमा शनिबार विद्यालय नाटक महोत्सव सुरु भएको छ ।

३१ भदौसम्म चल्ने महोत्सवको पहिलो दिन ‘नीलाम्बरको आकाशयुद्ध’ मञ्चन गरिएको छ । गुरुकुलको बालकृष्ण पोखरेल नाटकघरमा भएको महोत्सवमा विराटनगर, विराटचौक, बेलबारी, रङ्गेलीबाट ९ विद्यालयहरुले दैनिक एउटा नाटक मञ्चन गर्नेछन् ।

शनिबार मञ्चन भएको नाटकमा उद्धव सापकोटा, भरत कार्की, विकास पराजुली, प्रदिप दाहाल, दिक्षा चौधरी, अमिसा वाग्ले, निशान चौहान राईलगायतले अभिनय गरेका थिए ।

आइतबार ग्रेडेड इङ्लिस मिडियम सेकेण्डरी स्कुलले बुद्धिमानी आमा मञ्चन हुनेछ ।

त्यसपछि क्रमशः दिल्ली पब्लिक स्कुलले छिमेकी, आदर्श माध्यमिक विद्यालयले भविष्य निर्माण, ग्रीनल्याण्ड सेकेण्डरी स्कुलले रङ, पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुलले एक पटक बोलेको एक रुपियाँ मञ्चन गर्नेछ ।

नमुना विद्या मन्दिरले जिम्मेवारी कसको, मोरङ ज्ञानोदय सेकेण्डरी इङ्लिस स्कुलले स्मार्ट बन्द, सुबिजिमुर मेमोरियल सेकेण्डरी स्कुलले ‘ज्ञ’ र अन्तिम श्री एकता सेकेण्डरी स्कुललेसाबित्रीको बाख्रो मञ्चन गर्नेछ ।

महोत्सवमा उत्कृष्ट नाटक, उत्कृष्ट लेखक, उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेता तथा अभिनेत्रीलाई अवार्डको व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?