+
+

कालीकोटमा माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते

५ जनाको अवस्था गम्भीर

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २२ गते १९:२१

२२ भदौ, सुर्खेत । कर्णाली राजमार्ग अन्तर्गत कालीकोटमा माइक्रोबस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।

जुम्लाको सिञ्जादेखि सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ००९८ नम्बरको माइक्रो बस तिलागुफा नगरपालिका–५, खल्लागाडमा शनिबार दिउँसो दुर्घटना हुँदा ८ जना घाइते भएका हुन् ।

घाइतेहरूलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइएको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी गोविन्द चौधरीले जानकारी दिए । उनका अनुसार ५ जनाको अवस्था गम्भीर छ । माइक्रोबसमा १८ जना सवार थिए ।

गाडीको ब्रेक नलागेर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । गाडी चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?