+
+

बकैया खोलाले एक हप्तामा दुई जना बगायो

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २२ गते १९:५९

२२ भदौ, हेटौंडा । मकवानपुर हुँदै बस्ने बकैया खोलाले एक हप्ताभित्र दुई जनालाई बगाएको छ । गत आइतबार ३६ वर्षीया नानुमाया तामाङलाई बगाएको बकैयाले शुक्रबार दिउँसो २८ वर्षीय युवकलाई पनि बगाएको हो ।

शुक्रबार बकैया खोलाले बगाउँदा रौतहटको पौराई गाउँपालिका–२ घर भएका २८ वर्षीय अकल माझी बेपत्ता भएका हुन् । माझीलाई ससुराली जाने क्रममा खोला तर्दा शुक्रबार दिउँसो बगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरीले जानकारी दिएको छ ।

मकवानपुर बकैया गाउँपालिका–६, जसपालस्थित काठमाडौं–तराई द्रुतमार्ग निर्माणमा काम गर्दै आएका माझी शुक्रबार दिउँसो २ बजे ससुरालीतर्फ जाँदै थिए ।

उनी बकैया–६ जुइनामा जानलाई खोला तर्ने क्रममा बाढीले बगाएको र हालसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले बताए ।

यसअघि बकैया खोलाले बगाएको नानुमाया तितुङको शव गत सोमबार बाराको कोल्हबी नगरपालिकामा खोलाको बगरमा भेटिएको थियो । बाराको निजगढ बजारबाट बकैया–६, स्थित घर फर्कन लाग्दा उनलाई बकैया खोलाले बगाएको थियो । उनी छोरालाई वैदेशिक रोजगारीमा पठाउन बिदा गरेर घर फर्किँदै थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?