+

गोल्डेनगेटलाई बास्केटबल उपाधि

२०८१ भदौ  २२ गते २०:१२ २०८१ भदौ २२ गते २०:१२
गोल्डेनगेटलाई बास्केटबल उपाधि

२२ भदौ, काठमाडौं । गोल्डेनगेट इन्टरनेसनल कलेजले प्रथम अन्तरकलेज छात्रा बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।

सानागाउँस्थित रोयल स्पोर्ट्स सेन्ट्रलको कोर्टमा भएको प्रतिस्पर्धात्मक फाइनलमा गोल्डेनगेटले जेभियर इन्टरनेसनल कलेजलाई ४२–४० को साँघुरो अन्तरले पराजित गर्‍यो ।

गोल्डेनगेटकी सन्ध्या डंगोलले सर्वाधिक १८ अंक जोडिन् । प्रोफेसनल एडुकेसन कन्सल्टेन्सी (पीइसी) द्वारा आयोजित प्रतियोगितामा सन्ध्यानै ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भइन् ।

अतिरिक्त समयको खेल ३–१ ले आफ्नो पक्षमा पार्दै गोल्डेनगेटले उपाधि सुनिश्चित गरेको थियो । निर्धारित समयको खेल ३९–३९ को बराबरीमा टुंगिएको थियो । निर्धारित समयको चार क्वाटरमा गोल्डेनगेटले क्रमशः १०–११, ७–४, ८–१० र १४–१४ को प्रदर्शन गरेको थियो ।

उपाधिसंगै गोल्डेनगेटले २० हजार तथा उपविजेता जेभियरले १० हजार नगदसहित ट्रफी, पदक र गिफ्ट ह्याम्पर प्राप्त गरे ।

विजेतालाई अस्ट्रेलियन क्याथलिक युनिभर्सिटी (एसीयु) की रिजनल मार्केटिङ म्यानेजर कोल्मा फेच्नर, एसीयुकी रिजनल म्यानेजर अनुष्का श्रेष्ठ, पीइसीका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत एसके श्रेष्ठ, पीइसीका प्रोग्राम डाइरेक्टर राजु सिंह, नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान इन्दु बर्मालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

छ दिने प्रतियोगितामा ७ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक नृपेश श्रेष्ठले जनाएका छन् ।

बास्केटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय