+
+

नेतृत्वकर्तामा नायकत्व खोज्नु खतरनाक हुनसक्छ : दयाहाङ राई

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २२ गते २०:१६

काठमाडौं । अभिनेता दयाहाङ राईले नेतृत्वकर्तामा नायकत्व खोज्नु खतरनाक हुनसक्ने बताएका छन् । केही व्यक्तिलाई आदर्श मान्नु ठीकै भएपनि उसबाट धेरै अपेक्षा राख्नु खतरनाक हुने उनको टिप्पणी छ ।

तेस्रो कलिङ साहित्य महोत्सव’मा शनिबार आयोजित ‘नायक र नायकत्व’ शीर्षकको सत्रमा अभिनेता राईले यी कुरा राखेका हुन् । उनले नायक र खलनायक चरित्रबारे परिचर्चा गरे ।

दीपकराज गिरी र सुरक्षा पन्तसमेत सहभागि छलफल सत्रमा दयाहाङले नायकबारे यसरी धारणा राखे :

‘म जे काम गर्छु, पेशाको हिसाबले म अभिनेता हो । अभिनेताले कथाभित्रका पात्रमाथि नायक, खलनायकजस्ता भूमिका निभाउने गरिन्छ । कुनै समयलाई चुनौती दिएर त्योसँग जुध्छ भने त्यो हिरो हो । हिरोको अर्थ कथाभित्रको परिवेश एउटा अवस्थालाई परास्त गरेर सबैलाई यात्रामा लान्छ जसले सन्तुष्टि जित्छ या हार्छ त्यो हिरो हो ।

हिरो अस्थायी नै हुन्छ । हिरो एउटा टाइटल हो । समयको परिवर्तनसँगै जन्मने अभिकर्ता नै नायक हो । मैले महसुस गर्दा कलाकारका विभिन्न विधिहरु हुन्छन्, त्यसमा अभिनय गर्ने भएकाले म आफूलाई अभिनेता भन्छु । पात्रहरु चाहिँ कथाभित्रका नायक हुन् ।

बाँकी कर्ताहरु नै हो जो काम गर्छौ, त्यहि नै विशुद्ध कलाकार वा अभिनेता नै हो । कथामा खलनायकत्व बोकेको नेगेटिभ भए पनि ऊ नायक नै हो । ‘लुट’को गोफ्ले चोर भए पनि ऊ नायक नै हो । मानिसको चेतनाचाहिँ कथाभित्रका नायक दाग बिनाको हुन्छ, खलनायक राक्षसजस्तै हुनुपर्दछ भन्ने हुन्छ, तर खलनायक पनि नायक नै हुन् ।
समय र परिस्थितिले नायकको परिभाषा परिवर्तन हुन्छ । अहिलेको समयमा नेतृत्व गर्ने मानिसको आवश्यकता रहेको छ भन्ने समाजको एउटा भ्रम छ । नायक खोजिरहेको छ । क्षणभरमा समाजले परिवर्तन खोजिरहेको छ । नायक आएर परिवर्तन हुने भने होइन । चलचित्रका पात्रले भूमिका इमान्दार भए सुन्दर सिनेमा बन्छ भने जस्तो आमनागरिकले सही भूमिका निभाए सुन्दर समाज बन्छ ।

कोही व्यक्तिलाई आदर्श मान्नु केही कुरामा एक हिसाबले ठीक हुन सक्दछ तर धेरै कुरामा अपेक्षा राख्नु खतरनाक हो । मेरो धेरै विषयमा बोल्ने बानी छैन, तत्काल अभिव्यक्ति पनि जनाउँदिन । यसकारण धेरैले किन समाजमा नायकत्व देखाउनु हुन्न भन्ने प्रश्न पनि उठिरहन्छ तर म समाजका मनोविज्ञान, विश्वास पद्धति र समाजलाई बुझने कोशिस गर्दछु ।

त्यो ठूलो कुरा रहेछ । हरेकले आफ्नो आँखाले जे देख्छ, त्यही नै संसार हो जस्तो लाग्दछ । आफू केन्द्रित भएको अवस्था छ । अरुको लागि ठीक थियो कि त्यो एङ्गलबाट हेर्छु । समय समयमा बोलिरहेकै हुन्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?