+
+

जिग्री ब्रो र पाँडेले डोल्पाबाट थाले ‘लाज शरणम’को छायांकन

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २२ गते २०:२९

काठमाडौं । चर्चित टिभी श्रृंखला ‘सक्किगो नि’ टीमले बनाउन लागेको कथानक फिल्म ‘लाज शरणम’को छायांकन शनिबारदेखि सुरु भएको छ । डोल्पाको ठूलीभेरी नगरपालिका दूरगाउँबाट छायांकन आरम्भ भएको हो ।

अर्जुन घिमिरे ‘पाँडे’ र विजय बरालको टेकसँगै छायांकन सुरु भएको हो । फिल्मलाई सुदीप बरालले छायांकन गरिरहेका छन् । यो मल्स्टिारर फिल्मलाई कुमार कट्टेल ‘जिग्री ब्रो’ले निर्देशन गरिरहेका छन् ।

छायांकनका लागि सबै कलाकार यतिबेला डोल्पामा पुगेका छन् । डोल्पामा ४० दिनसम्म छायांकन हुने जनाइएको छ । दशैंअघि काठमाडौंमा पनि छायांकन तालिका छ ।

फिल्ममा ‘सक्किगो नि’ सिरियलका लगभग सबै कलाकार अनुबन्धित भएका छन् । सिरियलबाहेक विजय बराल, प्रशान्त ताम्राकार, अर्पण थापा, रेणु योगीको पनि अभिनय हुनेछ । फिल्मको निर्माताको रुपमा जेपिटी क्रिएसन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?