+

हंगेरीको पोष्टमा जर्मनीको ५ गोल

२०८१ भदौ  २३ गते ८:४७ २०८१ भदौ २३ गते ८:४७
हंगेरीको पोष्टमा जर्मनीको ५ गोल

२३ भदौ, काठमाडौं । जर्मनीले यूईएफए नेसन्स लिगअन्तर्गत लिग ए को समूह तीनमा शनिबार राति हंगेरीलाई ५-० को फराकिलो अन्तरले पराजित गरेको छ ।

घरेलु मैदान मर्कुर स्पाइल एरेनामा पहिलो हाफमा एक गोल गरेको जर्मनीले दोस्रो हाफमा चार गोल थपेको थियो ।

जर्मनीका लागि निकलस फुलकर्गले २७औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । त्यसपछि जुमल मुसिएलाले ५७औं, फ्लोरिन रिट्जले ६६औं, अलेजान्डर पाब्लोभिकले ७७औं र काई हाभार्ट्सले ८१औं मिनेटमा गोल गरे ।

जमल मुसिएलाले हाभार्ट्जले गरेको पेनाल्टी गोल बाहेक तीन गोलका लागि असिस्ट समेत गरेका थिए ।

यसै समूहको अर्को खेलमा नेदरल्याण्ड्सले बोस्निया एण्ड हर्जगोविनालाई ५-२ लेहरायो । नेदरल्याण्ड्सका लागि जोसुअ झिर्की, तिजानी रेइजडर्स, कोडी गाक्पो, वाउट वेघोर्स्ट र जाभी सिमोन्सले गोल गरे ।

जितपछि समूह तीनमा जर्मनी र नेदरल्याण्ड्सले समान ३ अंक जोडेका छन् ।

यसैगरी नेसन्स लिगकै लिग बी को समूह दुईमा इंग्ल्याण्डले रिपब्लिक अफ आयरल्याण्डलाई २-० ले पराजित गरेको छ । इंग्ल्याण्डका लागि डेक्लान राइस र ज्याक ग्रेलिसले गोल गरे ।

जर्मनी यूईएफए नेसन्स लिग हंगेरी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय