+
+

एक दिनमै २३ वटा दाँत निकालेर १२ वटा दाँत प्रत्यारोपण, पीडैपीडामा १३ दिनपछि मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २३ गते ९:३१

चिनियाँ अधिकारीहरूले एकजना वृद्ध व्यक्तिको मृत्युको घटनाबारे अनुसन्धान गरिरहेका छन्र । ती व्यक्तिले केही दिनअघि आफ्ना २३ वटा दाँत निकालेर र एकै दिनमा १२ वटा दाँत प्रत्यारोपण गरेका थिए र केही दिनमै उनको मृत्यु भएको थियो ।

झेजियाङ प्रान्तको योंगकाङ सहर निवासी सु नामकी महिलाले आफ्ना पिताको मृत्युपछि एक स्थानीय दन्त चिकित्सालयविरुद्ध नगर स्वास्थ्य व्युरोमा उजुरी दर्ता गरेकी छिन्।

महिलाले प्रमाणहरू पेस गर्दै भनिन् कि उनका पिताले एकै दिनमा २३ वटा दाँत निकालेका थिए र १२ वटा नयाँ दाँतको इम्प्लान्ट गराएका थिए । दात उखेल्ने र कृत्रिम दाँत प्रत्यारोपण गर्ने त्यो उपचारकै कारण त्यसको १३ दिनपछि उनको असामयिक मृत्यु भयो ।

आफ्ना पिताले जीवनको अन्तिम १३ दिनसम्म असहनीय पीडामा रहेर बिताएको र अन्ततः २८ अगस्टमा हृदयाघातका कारण उनको मृत्यु भएको सु ले बताएकी छिन्। त्यसैले दोषीलाई न्यायको कठघरामा उभ्याउने उनको चाहना छ ।

बिरामीले दन्त चिकित्सालयमा उपचारका क्रममा गरेको सहमतिपत्र अनुसार, सुका पिताले एकैदिनमा आफ्ना २३ वटा प्राकृतिक दाँत निकालेका थिए र नयाँ दाँत इम्प्लान्ट गर्न १२ वटा प्वालहरू उनको गिजामा ड्रिल गरिएका थिए ।

यो सबै एकै दिनमा गरिएको थियो, जसले गर्दा एनेस्थेसियाको प्रभाव समाप्त भएपछि उनले असहनीय पीडा सहनु परेको थियो ।

देवेई दन्त अस्पतालको अभिलेख अनुसार, ती २३ वटा दाँत उखेल्ने काम डाक्टर युआनले गरेका थिए, । दाँतको जरा क्यानलको उपचार, बुद्धि बंगारा दाँत हटाउने तथा उपचार र पूर्ण दन्त स्वास्थय र उपचारमा उनी विशेषज्ञ चिकित्सक हुन् ।

हुनत एकै पटकमा कतिवटा दाँतहरू निकाल्ने भन्ने त्यस्तो कुनै विशिष्ट नियम छैन। क्लिनिक र चिकित्सकले रोगीको पीडा सहने क्षमता र संक्रमणको जोखिमलाई हेरेर त्यसको निर्णय गर्न सक्दछन् ।

वुहान चौथो अस्पतालको मुख चिकित्सा केन्द्रका निर्देशक सियाङ गोउलिनका अनुसार जति धेरै दाँतहरू निकालिन्छ, रोगीको पीडाको प्रतिक्रिया र सर्जरीपछि संक्रमणको सम्भावना त्यति नै बढी हुन्छ ।

यो घटनाको बारेमा अनुसन्धान जारी रहेको बताइएको छ ।

नगर स्वास्थ्य व्युरोका अधिकारीले भने उपचारको १३ दिनपछि मात्रै बिरामीको मृत्यु भएको हुँनाले दाँत उखेल्ने र उनको मृत्युसँगको सम्बन्ध साबित गर्न कठिन हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?