+
+

गुगलको फोटो एपमा एआई फिचर

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २३ गते ९:५४

गुगलले आफ्नो सबै प्रडक्टहरुमा विस्तारै आर्टिफिसियल इन्टेलिजेन्सको सपोर्ट दिइरहेको छ । यहीँ क्रममा अब गुगल फोटोजमा पनि उसले आफ्नो एआई टूल जेमिनी एआइको सपोर्ट दिएको छ ।

गुगल फोटोजका लागि गुगलले Ask Photos फिचर जारी गरेको छ । यसको सहयोगबाट प्रयोगकर्ताले गुगल फोटोज एपमा कुनै पनि फोटो वा भिडियो सजिलैसँग खोज्न सक्दछन् । यसका साथै गुगल फोटोजका लागि descriptive queries फिचर पनि जारी गरेको छ ।

गुगलले आफ्नो यो फिचरका बारेमा एक ब्लगमार्फत् जानकारी दिएको छ । जसमा Ask Photos एक प्रायोगिक फिचर रहेको र गुगल ल्याबको हिस्सा रहेको उल्लेख गरिएको छ।

गुगल फोटोजको यो नयाँ एआई टुल हाल सुरुवातमा केवल अमेरिकामा केही सीमित प्रयोगकर्ताको लागि मात्रै उपलब्ध गराइएको छ ।

Ask Photos  गुगल फोटोज एपभित्र एउटा छुट्टै इन्टरफेसको रुपमा उपलब्ध हुनेछ। प्रयोगकर्ताहरुले एपको तलपट्टि दायाँतर्फ सर्च आइकनमा ट्याप गरेर यसभित्र जान सक्दछन् ।

फुलस्क्रिन इन्टरफेसमा प्रयोगकर्ताले जेमिनीभित्र पनि जान सक्दछन् त्यसबाट कुनै निश्चित फोटो देखाउनका लागि भन्न सक्दछन् ।

प्रयोगकर्ताले आफ्नो बोलीचालीकै भाषामा जेमिनसँग कुनै पनि प्रश्न सोध्न सक्दछन् ।

उदाहरणका लागि Ask Photos सँग कुनै निश्चित ठाउँमा कुनै मितिमा घुम्न गएको तस्वीर देखाउन, कुनै जन्मदिनको पार्टीका तस्वीर देखाउन आदि अह्राउन सकिन्छ ।

साथै सोसल मिडियामा शेयर गर्नका लागि सर्वोत्कृष्ट तस्वीर छानिदिन पनि भन्न सकिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?