+
+

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २३ गते १०:०९

२३ भदौ, काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आज हुने भनिएको प्रथम दीक्षान्त समारोह स्थगित भएको छ ।

प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित हुन नसक्ने भएपछि अन्तिम समयमा दीक्षान्त समारोह स्थगित भएको हो ।

आज स्थगित दीक्षान्त समारोह आगामी २८ कात्तिक बुधबारका दिन हुने भएको छ ।

प्रतिष्ठानले पहिलोपटक दीक्षान्त समारोह आयोजना गर्न लागेको हो ।

स्थापना भएको १३ वर्षपछि पहिलोपटक दीक्षान्त समारोह हुन लागेको प्रतिष्ठानका उपकुलपति डा. मङ्गल रावलले जानकारी दिए ।

उपकुलपति रावलका अनुसार प्रतिष्ठानमा स्नातक र स्नातकोत्तर तहका गरी कुल ५६ जना विद्यार्थी दीक्षित हुनेछन् । प्रतिष्ठानबाट हालसम्म जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र विषयका स्नातक र स्नातकोत्तर तहका कुल ५६ विद्यार्थी उत्तीर्ण भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?