+

विश्वकप विजेता मोइन अलीले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास

२०८१ भदौ  २३ गते १२:४२ २०८१ भदौ २३ गते १२:४२
विश्वकप विजेता मोइन अलीले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास

२३ भदौं, काठमाडौं । इंग्ल्यान्डका ओडीआई तथा टी–२० विश्वकप विजेता मोइन अलीले अन्तर्राष्ट्रिय क्रिकेट करिअरबाट सन्न्यासको घोषणा गरेका छन् । ३७ वर्षीय स्पिन अलराउन्डर अलीले आइतबार सन्न्यास लिएका हुन् ।

इंग्ल्यान्डले सन् २०१९ मा एकदिवसीय तथा २०२२ मा टी–२० विश्वकप उपाधि जित्दा उनी टोलीका सदस्य थिए । ‘म ३७ वर्षको भए यसै महिना अष्ट्रेलिया सिरिजमा परिनँ । इंग्ल्यान्डबाट मैले धेरै क्रिकेट खेलेको छु । अब भनेको नयाँ पुस्ताको समय हो । यो सन्न्यास लिने सही समय हो,’ मोइन अलीले भनेका छन् ।

अर्को हप्तादेखि इंग्ल्यान्डले घरेलु मैदानमा अष्ट्रेलियासँग तीन टी२० आई र पाँच ओडीआई सिरिज खेल्दैछ । इंग्ल्यान्डले अष्ट्रेलिया सिरिजलाई २३ वर्षीय स्पिन अलराउन्डर ड्यान मोस्लीलाई मौका दिएको छ ।

सन् २०१४ देखि अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेका उनले ६८ टेस्ट, १३८ ओडीआई र ९२ टी-२० आई खेल खेलेका छन् । तीनै संरचना क्रिकेटमा उनले ८ शतक, २८ अर्धशतक, ६६७८ रन र ३६६ विकेट लिएका छन् ।

गत जुन २७ मा टी–२० विश्वकप सेमिफाइनलमा भारतविरुद्ध उनको करिअरको अन्तिम खेल रह्यो । टेस्टमा उनका ५ शतक छन् । सन् २०१६ मा श्रीलंकाविरुद्ध १५५ रन उनको टेस्ट करिअरको उत्कृष्ट प्रदर्शन हो ।

श्रीलंकाविरुद्ध सन् २०१४ मा ११९ रन, २०१५ मा स्कटल्यान्डविरुद्ध १२८ रन र २०१७ मा वेस्टइन्डिजविरुद्ध १०२ रन उनका ओडीआई शतक हुन् । ‘एशेज सिरिज जित, दुई विश्वकप, २०१७ मा दक्षिण अफ्रिकाविरुद्ध टेस्टमा ह्याट्रिक र १६ बलमा टी–२० आईमा अर्धशतक मेरा करिअरका उत्कृष्ट क्षण हुन,’, उनले भने ।

सन् २०२२ को टी–२० खेलमा उनले दक्षिण अफ्रिकाविरुद्ध १६ बलमा अर्धशतक प्रहार गरेका थिए । जुन टी-२० आईमा इंग्ल्यान्डबाट सर्वाधिक छिटो अर्धशतक हो ।

मोइन अली सन्न्यास
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय