+
+

भगवती हाइड्रोपावरको लाभांश घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २३ गते १०:१९

२३ भदौ, काठमाडौं । भगवती हाइड्रोपावरले सेयरधनीका लागि लाभांश घोषणा गरेको कम्पनीको शनिबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको नाफाबाट चुक्ता पूँजीको १४.७३६८ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

जसमध्ये ४ प्रतिशत बोनस सेयर र बाँकी १०.७३६८ प्रतिशत नगद लाभांश रहेको कम्पनीले जनाएको छ । साथै कम्पनीले लाभांश पारित गर्नका लागि वार्षिक साधारणसभा समेत तय गरेको छ ।

असोज १६ गते नयाँ बानेश्वरमा कम्पनीको साधारणसभा बोलाइएको छ । असोज २ गते कम्पनीले बुक क्लोजको मिति तय गरेको छ । असोज १ गतेसम्म यस कम्पनीको सेयर होल्ड वा खरिद गर्नेहरु लाभांश र साधारणसभामा भाग लिन हकदार हुनेछन् । बिहीबार बजार बन्द हुँदा यस कम्पनीको मूल्य प्रतिकित्ता ९६९ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?