+
+

मनास्लु संरक्षण क्षेत्रमा जाने पर्यटकसँग चुमनुब्री गाउँपालिकाले शुल्क उठाउने

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २३ गते ११:३२

२३ भदौ, काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिकाले मनास्लु संरक्षण क्षेत्र (एमक्याप)भित्र आउने स्वदेशी तथा विदेशी पर्यटकसँग शुल्क उठाउने भएको छ । पालिकाको आर्थिक ऐन ०८१ अनुसार प्रतिव्यक्ति विदेशीसँग १ हजार र नेपालीसँग २ सय रुपैयाँ उठाउने निर्णय भएको पालिकाले जनाएको छ ।

भदौ २० गते पालिकाका जनप्रतिनिधि, राजनीतिक दल, पर्यटन व्यवसायी तथा सरोकारवालासँग छलफल गरेर उक्त निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले जानकारी दिएका छन् ।

एमक्याप क्षेत्रमा जाने पर्यटकसँग सम्बन्धिन संरक्षण तथा निकुञ्ज ऐनबमोजिम राष्ट्रिय प्रकृति संरक्षण कोष तथा अध्यागमन विभागले शुल्क उठाउँदै आएको छ । आफ्नो अधिकार क्षेत्रभित्र पनि शुल्क उठाउन नपाउँदा अपेक्षित कर संकलन गर्न नसकिएको र कोषले पनि उठेको शुल्क बाँडफाँट नगरेको पालिकाले जनाएको छ ।

‘पालिकाले उठाएको पदयात्रा शुल्कबाट समग्र चुमनुब्री तथा मनास्लु संरक्षण क्षेत्रको वातावरण संरक्षण एवं पर्यटन क्षेत्र प्रवर्द्धनमा लगानी गरिने व्यहोरासमेत निर्णयानुसार अनुरोध छ’, पालिकाले सूचनामार्फत भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?