+
+

भेनेजुएलाका विपक्षी नेता गोन्जालेजले देश छाडे

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २३ गते १२:५१

२३ भदौ, काठमाडौं । भेनेजुएलाका विपक्षी नेता एडमन्डो गोन्जालेजले देश छाडेका छन् । राष्ट्रपति चुनावमा उम्मेदवार समेत रहेका उनले स्पेनमा राजनीतिक शरण मागेको भेनेजुएला सरकारले बताएको छ ।

जुलाईमा भएको राष्ट्रपति चुनावको विवादित नतिजापछि गोन्जालेजविरुद्ध वारेन्ट जारी भएको थियो । त्यसपछि उनी लुकेर बसेका थिए ।

स्वेच्छाले केही दिन स्पेनको दूतावासमा शरण लिएपछि गोन्जालेजले स्पेनिस सरकारसँग राजनीतिक शरण मागेको भेनेजुएलाका उपराष्ट्रपति डेल्सी रोड्रिगोजले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

सरकारले सुरक्षित निकासका लागि सहमति दिएको र गोन्जालेजले देश छाडेको उनले बताएका छन् ।

स्पेनका विदेशमन्त्री म्यानुअल अल्बेरेसले पनि एडमन्डो गोन्जालेजले स्पेनको वायुसेवाको विमानबाट भेनेजुएला छाडेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?