+
+

काठमाडौं प्रहरीका सहायक हबल्दार नियन्त्रणमा, एसपी नेतृत्वमा छानबिन

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २३ गते १२:५९

२३ भदौ, काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले आफ्नो मुद्दा शाखामा कार्यरत् एक जना सहायक हबल्दारलाई नियन्त्रणमा लिएको छ ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले सहायक हबल्दार गणेश खड्कालाई नियन्त्रणमा लिएर आन्तरिक छानबिन भइरहेको अनलाइनखबरसँग पुष्टि गरे ।

उनका अनुसार, मुद्दा मिलाइदिन्छु भनेर ठगी गरेको भन्दै केही व्यक्तिविरुद्ध जाहेरी परेको थियो । ती व्यक्तिहरुसँग खड्काको सम्बन्ध भएको आशंकामा नियन्त्रणमा लिएर छानबिन थालिएको हो ।

यस विषयमा छानबिन गर्न जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीको नेतृत्वमा डीएसपी प्रल्हाद कार्कीसहित ४ जना सदस्य रहेको समिति समेत गठन भएको बताइएको छ ।

उपत्यका प्रहरी कार्यालय, रानीपोखरी स्रोतका अनुसार, एक जना व्यक्तिलाई खड्काले क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको आरोपमा सोधपुछका लागि बोलाएका थिए । तर, संलग्नता नदेखिएको भन्दै उनलाई छाडिएको थियो ।

पछि यो मामलामा आन्तरिक लेनदेन भएको भन्दै सम्बन्धित व्यक्तिको परिवारले जाहेरी दिएको थियो ।

छानबिन समितिका संयोजक एसपी अधिकारीले भने आफूले भर्खरै पत्र बुझेकाले विस्तृतमा बुझ्न नपाएको बताए । उनले भने, ‘छानबिनपछि मात्रै मैले यसबारे बताउन सक्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?